सुर्खेत ।
रुकुम पश्चिममा चक्कु प्रहार गरी बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
आठबिसकोट नगरपालिका–१० घारीखोलाका २० वर्षीय वीरबहादुर खत्री मंगलबार बिहान गाउँमै लुकिछिपी बसेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज पोखरेलले जानकारी दिए ।
आइतरबार बेलुकी पैसा नदिएको भन्दै छोरा वीरबहादुरले ५० वर्षीय बुवा दर्वे खत्रीको पेटमा चक्कु प्रहार गरी हत्या गरेको आरोप छ ।
प्रहरीका अनुसार घटनापछि उनी फरार भएका थिए । बुवाको हत्या आरोपी छोरा लागूऔषध सेवनकर्ता रहेको प्रहरी अनुसन्धानबाट खुलेको डीएसपी पोखरेलले बताए ।
पक्राउ परेका वीरबहादुरलाई जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
प्रकाशित मिति : २०८१ मंसिर १२ गते बुधबार









प्रतिक्रिया दिनुहोस्