कोहलपुर ।
नेपाल रेडक्रस सोसाइटी कोहलपुर उप–शाखाको २०औँ उप–शाखा सभा सम्पन्न भएको छ । शुक्रबार कोहलपुर नगरपालिकाका उपमेयर संगीता सुवेदीको प्रमुख आतिथ्यमा २०औँ उप–शाखा सभा सम्पन्न भएको हो ।
उप–शाखा सभाका् उद्घाटन गर्दै कार्यबाहक मेयरसमेत रहेकी सुवेदीले नेपाल रेडक्रस सोसाइटी कोहलपुरले विगत लामो समयदेखि आफ्नो सिद्धान्तअनुरूप सामाजिक कार्य गर्दै आएको बताइन् । रेडक्रस सोसाइटी र स्थानीय सरकारको सहकार्य र समन्वयमार्फत थुप्रै कामहरू भएको उनले जानकारी दिइन् ।
विपद्को समयमा होस् या अन्य समयमा रेडक्रसले उल्लेखनीय र प्रशंसनीय काम गरिरहेको उनको भनाइ छ । आफ्नो कार्यकालमा स्थानीय सरकारको सहयोगमा विभिन्न गतिविधिहरू सञ्चालनमा आएको रेडक्रस उपशाखा सभापति दिनेश सिग्देलले बताए । समाजमा आपद्विपद्देखि निःशुल्क स्वास्थ्य उपचार र राहत वितरण गर्ने काममा रेडक्रस अग्रस्थानमा रहेको उनले बताए ।
त्यस्तै, शाखाका सचिव सञ्जयकुमार पन्तले आर्थिक वर्ष २०८०/२०८१ को प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न संस्कृति झल्किने नृत्य प्रस्तुत गरिनुका साथै सामाजिक सेवामा योगदान पु¥याउने व्यक्तिहरूलाई शाखाले सम्मानसमेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्