सुर्खेत ।
जिल्लाको बराहताल गाउँपालिकामा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान जुम्लाबाट सुर्खेततर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ ख १०१४ नम्बरको गाडी बराहताल गाउँपालिका–८ हुड्केमा दुर्घटना भएको हो ।
दुर्घटनामा दैलेखको ठाँटीकाँध गाउँपालिका–४ का ३५ वर्षीय दीपक शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । गम्भीर घाइते उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पु¥याइएको थियो ।
चिकित्सकले लगत्तै मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अरु पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ । गाडीमा बच्चासहित २९ जना सवार थिए । तीव्र गतिमा रहेको गाडी अनियन्त्रित भएर सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ कात्तिक १० गते शनिबार









प्रतिक्रिया दिनुहोस्