पत्रकार दाहाल सम्मानित



बाँके ।

नेत्रहिन संघ बाँकेले आफ्नो २६औँ वार्षिक साधारण सभाको अवसरमा पत्रकार खगेन्द्र दाहाललाई सम्मान गरेको छ ।

समुदायमा रहेका अपांगता भएका व्यक्तिहरूको सवालमा निरन्तर कलम चलाई उनीहरूलाई पुर्नस्थापनामा टेवा पु¥याएको भन्दै संघले पत्रकार दाहाललाई दोसल्ला र कदरपत्रले सम्मान गरेको हो ।

उनीसँगै समाजसेवी जयकेश सिंह, नेपालगन्ज उपमहानगरपालिका– ७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठ र होमनाथ गिरीलाई सम्मान गरिएको थियो ।

बाँके नेत्रहिन संघका अध्यक्ष भावुक जंग थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघमा हालसम्म भएका प्रगतिका बारेमा सचिव रमेश शाहुले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारण सभामा स्थानीय जनप्रतिनिधि गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सीना, नेपालगन्ज उद्योग बाणिज्य संघका उपाध्यक्ष मन्दिरा पाण्डे, नगरस्तरीय अपांगता सञ्जालका अध्यक्ष गोकर्ण आचार्य लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २०८१ कात्तिक ५ गते सोमबार