नेपालगन्जबाट चौरजहारी जाँदै गरेको गाडी दुर्घटना



बाँके ।

नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । नेपालगन्जदेखि सल्लबजार नेटाहुँदै रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको लु२ख ५००२ नम्बरको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका–१ बुरेली खोला नजिकै दुर्घटनामा परेको हो ।

१७ जना घाइतेहरूमध्ये २ जनालाई अस्पतालले थप उपचारको लागि नेपालगन्ज रेफर गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
अन्य एकजना पनि थप उपचारको लागि नेपालगन्ज गएका छन् । अन्य घाइतेहरूको केहीलाई अस्पतालले चेकजाँचपछि घर पठाएको र बाँकी ७ जनाको अस्पतालमा उपचार भैरहेको छ ।

गाडी दुर्घटनामा परी घाइते हुनेहरूमा सल्यान कुमाख गाउँपालिका– ३ का ६० वर्षीय बसन्ता भारती, वडा नम्बर ४ की गिता बुढा, २२ वर्षीय सुसान्त राणा, सोही पालिका वडा नम्बर १ का ३० वर्षीय विशाल चन्द, १२ वर्षीया सलिना शाही, २२ वर्षीया सम्झना भारती, २५ वर्षीय हरिभक्त सुनार, २२ वर्षीय दिपक योगी, २१ वर्षीया सूजाता बुढाथोकी, १८ वर्षीया विनिता योगी, २० वर्षीय विन्दुनाथ योगी रहेका छन् ।

त्यस्तै कुमाख( ३ का १५ वर्षीय विनोदनाथ योगी, वडा नम्बर ४ का ३४ वर्षीय घनश्याम के.सी, चौरजहारी नगरपालिका–१ का ३५ वर्षीया सुस्मिता आचार्य, २४ वर्षीया स्वस्तिाका आचार्य, १६ वर्षीय सुदिप गौतम र ३३ वर्षीय त्रिलोचन गिरी रहेका छन् ।

चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले दुर्घटनामा परी चौरजहारी अस्पतालमा उपचार गराइरहेका घाइतेहरूलाई भेटगरी स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २०८१ असोज २४ गते बिहीबार