कोहलपुर–११ र गण्डकी प्रदेश विजयी



कोहलपुर ।

कोहलपुरमा सुरु भएको सुशील कोइराला मेमोरियल यु–१९ महिला क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार पहिलो दिन सम्पन्न दुई खेलमा कोहलपुर मेयर–११ र गण्डकी प्रदेश विजयी भएका छन् । कोहलपुरले लुम्बिनी प्रदेशलाई तथा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई पराजित ग¥यो ।

शनिबार भएको पहिलो खेलमा कोहलपुर मेयर–११ ले लुम्बिनी प्रदेशलाई ४७ रनले पराजित ग¥यो । कोहलपुर मेयर–११ ले दिएको १०१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी प्रदेशले १४.५ ओभरमा ५३ रनमा सबै विकेट गुमायो । लुम्बिनीको ब्याटिङमा सुष्मिता भुसालले १६ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा योगदान दिन सकेनन् ।

कोहलपुरको बलिङमा रिया शर्माले सर्वाधिक ३ विकेट लिइन् । ४ ओभरमा उनले मात्र ७ रन खर्चिन् । भवानी कमाती र तृष्णा विश्वकर्माले २÷२ विकेट तथा हैमवती रोय, आरती महतो र प्रतिमा शाहले १÷१ विकेट लिए । टस जितेर ब्याटिङ गरेको कोहलपुर मेयर–११ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १०० रन बनायो । कोहलपुरका लागि ओपनर साना प्रभिनले सर्वाधिक ४० रन योगदान दिइन् ।

अविजित रहेकी उनले ५७ बलमा ३ चौका प्रहार गरिन् । प्रतिमा शाहले १४ तथा तृष्णा विश्वकर्माले १२ रन बनाइन् । लुम्बिनीको बलिङमा सरु तिवारी र एन्जिला पाठकले १÷१ विकेट लिए । खेलको प्लेयर अफ द म्याच साना प्रवीन घोषित भइन् । शनिबार भएको दोस्रो खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ३० रनले पराजित ग¥यो ।

गण्डकीले दिएको १४५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६.५ ओभरमा ११४ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि सावित्री धामीले सर्वाधिक २४ रन, गंगा खड्काले १८ तथा जानकी थापाले अविजित १५ रन बनाइन् । गण्डकी प्रदेशको बलिङमा रचना चौधरीले सर्वाधिक ३ विकेट लिइन् जुन क्रममा ४ ओभरमा २५ रन खर्चिन् ।

आकृति तिवारी र सिमाना केसीले २÷२ विकेट तथा कुसुम गोदार र निरुता जिटीले १÷१ विकेट लिए । टस जितेर ब्याटिङ गरेको गण्डकीले २० ओभरमा ३ विकेट गुमाएर १४४ रन बनायो । गण्डकीका लागि ज्योत्सनिका मरासिनीले सर्वाधिक ७१ रनको योगदान दिइन्् । चौंथो नम्बरमा ब्याटिङ गरेकी उनले अविजित रहँदै ५८ बलमा ६ चौका र २ छक्का प्रहार गरिन् ।

सिमाना केसीले २१ तथा रचना चौधरीले १६ रन बनाइन् । सुदूरपश्चिमको बलिङमा स्नेहा महराले १ विकेट लिनुबाहेक अन्य बलर विकेटविहीन रहे । गण्डकीले २ विकेट रन आउटमार्फत गुमायो । खेलको प्लेयर अफ द म्याच अर्धशतकीय योगदान दिन सफल ज्योत्सनिका मरासिनी घोषित भइन् । प्रतियोगिताअन्तर्गत आइतबार पनि दुई खेल हुनेछन् ।

पहिलो खेलमा विहान ९ः३० बजे बागमती र लुम्बिनी तथा दोस्रो खेलमा दिउँसो १ः३० बजे गण्डकी र कोहलपुर मेयर–११ बीच प्रतिस्पर्धा हुनेछ । सबै टिमले एक–अर्कासँग एक खेल खेलेपछि अंकतालिकाको शीर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८० माघ २८ गते आइतबार