कोहलपुर ।
नेपालको चर्चित कम्पनी सिजीले दसैँ र तिहारको अवसरमा आफ्ना ग्राहकहरूका लागि ‘नेपालकै अब्बल सिजीसँग खुसी डब्बल’ स्किम सार्वजनिक गरेको छ । आफ्ना ग्राहकहरूको दसैँ तिहार थप उल्लासमय बनाउन भन्दै कम्पनीले यो योजना सार्वजनिक गरेको र यसले प्रत्येक सिजीका सामानहरूको खरिदमा आकर्षक क्यास ब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्ने जनाएको छ ।
यस योजनाअन्तर्गत, सिजी तथा सिजी मेरिडियाका सामानहरूको खरिदमा ग्राहकले ६० देखि ५ सय रुपैयाँसम्मको क्यास ब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सक्नेछन् ।
सिजी टिभी ६५ र ७५ इन्च र सिजी क्युलेड ५५ इन्चमाथिको खरिदमा २.१ स्पिकर फ्रि, सिजी रेफ्रिजरेटर (डबल डोर) खरिदमा फ्राइ प्यान फ्रि, सिजी रेफ्रिजरेटर (साइड बाई साइड र मल्टी (डोर) को खरिदमा मरिडिया भ्याकुम फ्रि, सिजी माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट फ्रि प्राप्त गर्नसक्ने जनाइएको छ ।
त्यसैगरी ग्राहकले सिजी फ्रन्ट लोड वासिङ मेसिनको खरिदमा ६ किलो एरियल फ्रि, सिजी सेमी र टप लोड वासिङ मेसिनको खरिदमा ३ किलो एरियल फ्रि, सिजी डिसवासरको खरिदमा डिसवासर किट फ्रि प्राप्त गर्न सक्ने छन् ।
चाडपर्व अफरमा ग्राहकहरूले ३२ देखि ५५ इन्चसम्मका सिजी टिभी खरिद गर्दा आकर्षक क्यास ब्याक प्राप्त गर्न सक्नेछन् । त्यस्तै, यो योजनाअन्तर्गत सिजी स्पिकर, चेस्ट फ्रिजर, सिङ्गल डोर फ्रिजर, भ्याकुम क्लिनर खरिद गर्दा पनि ग्राहकले क्यास ब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
त्यसैगरी, सिजीले आफ्ना ग्राहकहरूलाई सिजी एयर कन्डिसनर खरिद गरेबापत निल्शुल््क जडान गरिदिने भएको छ ।
यो योजना २३ भदौदेखि सीमित अवधिका लागि देशभर लागू भएको कम्पनीले जनाएको छ ।
‘नेपालकै नम्बर १ र ठूलो ब्रान्ड सिजी प्रत्येक नेपालीहरूको मन जित्न सफल भएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना ग्राहकहरूलाई मध्यनजर गरी सिजीले सिजी मेरिडिया नामक, प्रिमियम सिरिज पनि ल्याएको छ, जसमा प्रिमियम सामानहरू मात्र उपलब्ध हुनेछ ।’
प्रतिक्रिया दिनुहोस्