पूर्णिमाले मनायो संविधान दिवस



कोहलपुर ।

पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको रचना वाचन विभागको आयोजनामा १०औँ संविधान दिवस विभिन्न रचनात्मक कार्यक्रम गरी मनाएको छ । सो अवसरमा दीप प्रज्वलनसहित रचना वाचन गरिएको थियो ।

कोहलपुर चौराहामा सञ्चालित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकालले बलिदानीपूर्ण संघर्षबाट प्राप्त नेपालको संविधान २०७२ ले मौलिक हकको सुनिश्चित गर्दै स्थानीय तहसम्म भाषा, साहित्य, कला र संगीतको संरक्षण र संवद्र्धनका लागि योगदान पु¥याउँदै आएको बताए ।

कार्यक्रममा साहित्यकार उपप्राध्यापक डा. विष्णु केसीले नेपालको संविधान नेपाली जनतामा समर्पित रहेकाले यो संविधान संरक्षण गर्नु सबै नेपालीको कर्तव्य भएको बताए ।

कार्यक्रममा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालले नेपालको संविधानमा समावेश गरिएका कतिपय सुन्दर पक्षहरू अझै पनि सदुपयोग हुन नसकेको विचार व्यक्त गरे । कलमजीवीहरूले संविधानले दिएको हकको सदुपयोग गर्न र गराउन सहयोग गर्नुपर्ने उनले बताए ।

केशव निमेष, शान्ति अधिकारी, नमिता बराल, प्रकाश मरासिनी, प्रकाश क्षितिज, भूपेन्द्र सुवेदी, विपिन सिंह, कृष्ण शाही, चन्द्रावती अधिकारीलगायत एक दर्जन बढी साहित्यकारहरूले रचना वाचन गरेको कार्यक्रममा साहित्यकार सागर गैरे, दामोदर पौडेल, कर्णबहादुर थापा, चेतकान्त भट्टराई, शालिकराम लम्साललगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८१ असोज ४ गते शुक्रबार