नारायण बहुमुखीमा अनेरास्ववियुको प्यानलै विजयी



सुर्खेत ।

दैलेखमा रहेको नारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को प्यानल नै विजयी भएको छ ।

अनेरास्ववियुबाट स्ववियु सभापतिमा उम्मेदवार रहेका हिमबहादुर बस्नेत प्यानलसहित नै विजयी भएका हुन् । शुक्रबार भएको चुुुनावमा बस्नेत नेपाल विद्यार्थी संघका विष्णुप्रसाद कोइरालालाई ९ मतले पछाडि पार्दै विजयी भएका थिए ।

नेविसंघ, अखिल क्रान्तिकारी, विप्लप निकट विद्यार्थी संगठन र अनेरास्ववियु समाजवादीबीचको गठबन्धनलाई हराउँदै अनेरास्ववियुले नारायण क्याम्पसको स्ववियुमा आफ्नो वर्चस्व कायम गरेको हो ।

यस्तै सचिवमा अनेरास्ववियुका फिलिप सिंहले ६५ मतान्तरसहित समाजवादी अनेरास्ववियुका टेकराज बुढालाई पराजित गरेका थिए । सिंहले १ सय ९२ मत प्राप्त गर्दा बुढाले १ सय २७ मत प्राप्त गरी पराजित भएका हुन् ।

कोषाध्यक्षमा अनेरास्ववियुका शुष्मा शाहीले ३१ मतान्तरसहित अखिल क्रान्तिकारीका भुवनप्रसाद पाण्डेलाई पराजित गरिन् । शाहीले १ सय ७२ मत प्राप्त गर्दा पाण्डेले १ सय ४१ मत प्राप्त गरी पराजित भएका थिए ।

 

प्रकाशित मिति : २०८१ भदौ ३० गते आइतबार