टीभीएसको फ्युल इन्जेक्सन भेरियन्ट नेपालमा



टीभीएस रेड, टीभीएस एनटर्क र टीभीएस रेडिअनका नयाँ एफआइ भेरियन्टहरू अब नेपालभरका सबै अधिकृत टीभीएस डिलरशिपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । टीभीएस रेडर एफआइको मूल्य रु २ लाख ९२ हजार ९०० सय, टीभीएस एनटर्क एफआइको मूल्य रु २ लाख ७९ हजार ९०० सय र टीभीएस रेडिअन एफआइको मूल्य रु २ लाख ३६ हजार ९०० सय रहेको छ ।काठमाडौँ ।

टीभीएस मोटर कम्पनीले रेडर (एफआई), एनटर्क डिस्क फ्युल इन्जेक्सन भेरियन्ट र रेडिअन (एफआई) नेपालमा सार्वजनिक गरेको छ । टीभीएसका यी फ्युल इन्जेक्सन भेरियन्टका टू–ह्विलरहरू हुन् । टीभीएस रेडर एफआइ भेरियन्ट ः टीभीएस राइडर यसको स्टाइलिश डिजाइन र शक्तिशाली प्रदर्शनका कारण युवा र गतिशील राइडरहरू बिच लोकप्रिय रहेको छ ।

हालै सार्वजनिक गरिएको एफआइ भेरियन्टले यसलाई थप उचाइमा पु¥याउँदै निम्न सुविधाहरू प्रदान गर्दछ । यसमा फ्युल इन्जेक्सन प्रविधिले फ्युलको प्रयोगलाई अनुकुल बनाउँछ र दैनिक होस् कि लामो सवारीको लागि किफायती बनाउँछ ।

राडरहरूले सहज र रोमाञ्चक सवारी सुनिश्चित गर्दै सहज पावर डेलिभरी र कम इन्जिन कम्पनहरू अनुभव गर्न सक्छन् । टीभीएस रेडर एपÞmआइ भेरियन्ट युवाहरूको प्राथमिकता अनुरूप बोल्ड ग्राफिक्स र भाइवरेन्ट रङ्गहरूमा उपलब्ध छ ।

टीभीएस एनटर्क भेरियन्टः

टीभीएस एनटर्कले स्कुटर सेगमेन्टमा खेलकुद शैलीलाई स्मार्ट सुविधाहरूसँग संयोजन गर्दै ट्रेन्डसेटरको रूपमा स्थापित गरेको छ । यस भेरियन्टमा पाइने कुराहरू ।

सुपीरियर थ्राटल रेस्पोन्सः उन्नत एफआइ प्रणालीले राइडरहरू बिच उत्साह बढाउँदै प्रतिक्रियाशील एक्सेलेरेशन प्रदान गर्दछ ।

इको–फ्रेन्डली राइड: राम्रो फ्युल व्यवस्थापनको साथ, टीभीएस एनटर्क भेरियन्टले कम उत्सर्जन प्रदान गर्दै वातावरणलाई प्रदुषणमुक्त राख्न मद्दत गर्दछ ।

अत्याधुनिक डिजाइनः एफआइ भेरियन्टले एनटर्कको आइकोनिक डिजाइन एलीमेंटहरू कायम राख्दै नयाँ डिकल र रंग विकल्पहरू ल्याएको छ ।

टीभीएस रेडिअन एफआइ भेरियन्टः

आधुनिक यात्रीको लागि डिजाइन गरिएको टीभीएस रेडिअन एफआइले १५ प्रतिशत माइलेज दिन्छ । जसले हरेक यात्रालाई स्मार्ट, सहज र प्रभावकारी बनाउँछ । यस भेरियन्टमा पाइन सकिने फाइदाहरू ।

स्थायित्व : रेडिअन एफआइमा भएको ड्युरा इन्जिनले लामो समयसम्म टिक्ने माइलेज र प्रदर्शन दिन्छ । यसको सुपर बलियो बक्स फलामको चेसिसले बाइकलाई मजबुत र स्थिर बनाउँछ, जसले गर्दा यो हरेक किसिमका सडकहरूमा चलाउनको लागि सहज हुन्छ ।

आरामदायी र सुविधाजनक :  यस भेरियन्टमा भएको लामो कुसन सिट, क्यारियरसहितको पिलियन ग्रेब्रेल, दैनिक अत्यावश्यक वस्तुहरूको लागि हुकसहितको लेडी पिलियन ह्यान्डल र सुविधाजनक अल गियर सेल्फ–स्टार्ट सुविधाले, सवारीको अनुभव बढाउन्छ ।

सुरक्षित : सुरक्षालाई ध्यानमा राखी यसमा प्रिमियम अलोय ह्विल, डिस्क ब्रेक, र सिंक्रोनाइज्ड ब्रेकिङ टेक्नोलोजीको व्यवस्था गरिएको छ ।

टीभीएस रेड, टीभीएस एनटर्क र टीभीएस रेडिअनका नयाँ एफआइ भेरियन्टहरू अब नेपालभरका सबै अधिकृत टीभीएस डिलरशिपमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । टीभीएस रेडर एफआइको मूल्य रु २ लाख ९२ हजार ९०० सय, टीभीएस एनटर्क एफआइको मूल्य रु २ लाख ७९ हजार ९०० सय र टीभीएस रेडिअन एफआइको मूल्य रु २ लाख ३६ हजार ९०० सय रहेको छ ।

प्रकाशित मिति : २०८१ भदौ २८ गते शुक्रबार