काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी माओवादीले ओलिसरकार विरुद्ध जन संघर्षका कार्यक्रम घोषणा गरेको छ पार्टीको हालै सप्पन्न पदाधिकारीको बैठक द्वारा उक्त संघर्षका कार्यक्रम सार्बजनिक गरेको माओवादी ले बताएको छ ।
नेकपा माओवादीले यो दलाल संसदीय व्यवस्था नेपालमा मात्रै नभई विश्वभर नै असफल सिद्ध भैसकेको भन्दै विरुद्ध विगत केही समय देखि जनविद्रोह मार्फत यो व्यवस्थाको अत्य गर्दै जनवादी व्यवस्थाको स्थापनाको निम्ति विभिन्न ढंगले संघर्षका कार्यक्रम हरु गर्दै आएको छ ।
पछिल्लो समय एमसिसि जस्तो नेपाली इतिहासकै सबैभन्दा ठूलो राष्ट्रघात नागरिकहरु माथी विभिन्न प्रकारको शोषन उत्पीडन गर्दै आएको नागरिक लाई स्वदेशमा रोजगारको सिर्जना विकल्प खोज्नुको सट्टा दलालिपुर्ण ढंगले कामदारको रूपमा बेच्ने नेपाललाइ विश्व श्रम बजारमा भाडा श्रमिक उत्पादन गर्ने देशमा चिनाउदै आफुहरु कमिसन र रेमिटान्स मा मोज मस्ती गर्दै आएको साथै स्थानीय नागरिक लाई बिधुत महसुस फाइन सम्म तिराउने तर माफियाहरु लाई उद्योगको नाममा अरबौ रकम छुट दिने हर्कत अत्यन्तै खेदपुर्ण रहेको भन्दै माओवादी ले आक्रोश समेत व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्