गोरखा युनाइटेड शिक्षाको उत्कृष्ट गन्तव्य



एड्भर्टोरियल

एसइई परीक्षामा उत्कृष्ट अंक ल्याई यस विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीले प्राप्त गरेको अंक र प्रवेश परीक्षा टपरलाई उच्च सम्मान गर्दै विभिन्न मेरिट छात्रवृत्ति प्रदान गर्नुको साथै जिल्ला प्रथम, दुर्गम क्षेत्र छात्रा, मिहिनेती, जेहेन्दार एवम् गरिब, दलित, खेलाडी आदि विद्यार्थीका लागि विशेष कोटा निर्धारण गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

एसइई परीक्षाको नजिता प्रकाशन भएसँगै यतिबेला कुन विषय पढ्ने र कहाँ पढ्ने भन्ने जिज्ञासाले विद्यार्थी तथा अभिभावकहरू विभिन्न कलेज तथा स्कुलहरूमा बुझ्न जाने क्रम बढ्दो छ । एसइईपछि विद्यार्थी र अभिभावकको रोजाइमा मतान्तर भएको पनि पाइन्छ । अधिकांश अभिभावकले आफ्ना छोराछोरीहरूले राम्रो उच्च शिक्षा पाऊन् भन्ने चाहना राखेका हुन्छन् ।

विद्यार्थीहरूले पनि आफ्ना साथीभाइ, अभिभावक र आफ्नो रुचिअनुसार विषय र विद्यालय छनोटको चाहना राख्छन् । सर्वप्रथम त विद्यार्थीले आफ्नो क्षमता र रुचिअनुसारको विषयलाई प्राथमिकता दिनुपर्छ । विद्यार्थीको भविष्य मुख्य गरी विषय रोजाइ र विद्यालय रोजाइमा निर्भर गर्दछ । विषय रोजाइ विद्यार्थीको अन्तर रुचिसँग सम्बद्ध हुनुपर्छ र सँगसँगै विषय पूर्वदक्षता पनि सबल हुनुपर्छ । विद्यालय रोजाइका सवालमा दक्ष शिक्षक र उत्कृष्ट शिक्षण पद्धति तथा स्तरीय भौतिक पूर्वाधार पनि उत्तिकै आवश्यक हुन्छ ।

यतिबेला बाँके जिल्लाअन्तर्गत नेपालगन्ज र कोहलपुर क्षेत्रका केही विद्यालयहरूले पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई राजधानी काठमाडौँलगायतका ठूला सहरमा जानुपर्ने बाध्यताको अन्त्य गरेका छन् । ठूलो धनराशी खर्चेर र विभिन्न समस्याहरू झेलेर शिक्षा आर्जन गर्न टाढा जानुपर्ने बाध्यतालाई यी विद्यालयहरूले केही हदसम्म कम गरेको पाइन्छ । विशेषतः मानवीय एवम् सामाजिक विकासका निम्ति निजी क्षेत्रमा स्तरीय माध्यमिक विद्यालयको प्रतिस्पर्धा बढेको छ ।

यसै सन्दर्भमा विसं २०५७ सालबाट स्कुल शिक्षाबाट सुरुवात गरेको कोहलपुर–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलले आफ्ने लामो शैक्षिक यात्रा पार गर्दै आएको छ । गोरखा युनाइटेड बाँके जिल्लामै विद्यार्थी र अभिभावकका लागि उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सफल भएको छ ।
कोहलपुर क्षेत्रको आवश्यकतालाई मधयनजर गर्दै शैक्षिक सत्र २०६५ सालदेखि गोरखा युनाइटेडले कक्षा ११ तर्फ विज्ञान संकायको अध्ययन अध्यापन सुरु गरेको छ । संस्थागत विद्यालयतर्फक कोहलपुरमा पहिलोपटक गोरखाले नै विज्ञान संकाय सञ्चालनको अनुमति लिई पठनपाठन आरम्भ गरेको थियो । सञ्चालनको दोस्रो वर्ष व्यवस्थापन संकायको पनि पढाइ सुरु गरिएको थियो ।

हाल कक्षा १२ तर्फ १४औँ ब्याचसम्म आइपुग्दा १३ सय विद्यार्थीहरू पास आउट भएर गइसकेका छन् । यहाँ अध्ययन गरेकाहरू विभिन्न सरकारी सेवा तथा विश्वविद्यालयमा प्रोफेसरसम्म भएका उदाहरण छन् । साथै आ–आफ्नो कार्य क्षेत्रमा आफ्नो योगदान र दक्षता देखाइरहेका छन् ।

कक्षा १२ तर्फको बोर्ड परीक्षामा जिल्लामा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालय एसएलसी÷एसइई परीक्षाको नतिजा र विद्यालय स्तरीकरण मूल्यांकनमा समेत दशौं वर्षदेखि ‘क’ श्रेणीमा कायम रहेको छ । अबको २१औं शताब्दी डिजिटल शताब्दी भएकाले शिक्षण पद्धतिसमेत डिजिटल हुनुपर्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै यसै शैक्षिक सत्रदेखि हरेक कक्षाकोठामा स्मार्टबोर्डमार्फत पठन–पाठन सुरु गरिएको छ ।

गोरखा युनाइटेड स्कुल आगामी दिनमा प्रविधिमैत्री विद्यालय बनाउने दृढ लक्ष्यका साथ अगाडि बढेको छ । विद्यार्थीलाई विश्व सामु प्रतिस्पर्धा गर्न सक्ने क्षमतावान बनाउनु नै आजका विद्यालय तथा शिक्षाकर्मीको दायित्व हो । गोरखा युनाइटेड स्कुल यो चुनौतिप्रति सचेत रही विद्यार्थीहरूलाई गुणात्मक शिक्षा उपलब्ध गराउन प्रतिबद्ध छ ।

आफ्नै स्वामित्वको अढाई बिघा क्षेत्रफलमा फैलिएको सुविद्या सम्पन्न भौतिक पूर्वाधार, शान्त वातावरण भएको यस विद्यालयमा मल्टीमिडिया प्रोजेक्टर तथा स्मार्टबोर्ड जडित उज्याला र फराकिला कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला, इन्टरनेटसहित कम्प्युटर ल्याब, सभाहल, खानपिनका लागि चमेना गृह, व्यवस्थित खेल मैदान र यातायात सुविधा छन् । विद्यार्थीलाई शैक्षिक भ्रमणअन्तर्गत देशको विभिन्न भागमा स्थलगत अवलोकन गराउने गरेको छ ।

विद्यालयले विद्यार्थी र अभिभावकसँग अहिलेसम्म कमाएको पुँजी भनेकै विश्वसनीयता र गुणस्तर हो । यस विद्यालयको शैक्षिक सफलताको कारण निजी क्षेत्रमा स्थापना र विकसित भइरहेका शैक्षिक संस्थाहरूमध्ये एक नमुना र अग्रणी शैक्षिक संस्थाको रूपमा सेवामुखी भावना र समर्पणको प्रतिफल नै हो । ‘गुणस्तरीय शिक्षाका लागि सकारात्मक सोचको विकास’ भन्ने आफ्नो मूल नाराका साथ अगाडि बढिरहेको यस विद्यालयले अभिभावकको चाहना र आवश्यकताअनुसार जुनसुकै वर्गका विद्यार्थीले अध्ययन गर्न सक्ने खालको शुल्क निर्धारण गरेको छ ।

एसइई परीक्षामा उत्कृष्ट अंक ल्याई यस विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीले प्राप्त गरेको अंक र प्रवेश परीक्षा टपरलाई उच्च सम्मान गर्दै विभिन्न मेरिट छात्रवृत्ति प्रदान गर्नुको साथै जिल्ला प्रथम, दुर्गम क्षेत्र छात्रा, मिहिनेती, जेहेन्दार एवम् गरिब, दलित, खेलाडी आदि विद्यार्थीका लागि विशेष कोटा निर्धारण गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस शैक्षिक सत्रका लागि विद्यार्थी भर्ना कोटा विज्ञान संकायमा ८० जना र व्यवस्थापन संकायमा ४० जना रहेको छ ।

यसरी गोरखा युनाइटेड स्कुल आधारभूत तहदेखि स्नातक तहसम्मको कृषि प्राविधिक विषयसमेत सञ्चालन गर्ने एउटा पूर्ण संस्था बन्न पुगेको छ । साथै शिक्षक, अभिभावक तथा विद्यार्थीबीच निरन्तर अन्तक्र्रियात्मक कार्यक्रमले यो संस्था गुणस्तरीय शिक्षा दिन सफल रहँदै आएको छ । गोरखा स्कुल यी सबै दृष्टिले समर्थ रहेको छ ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रबार