नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाको १० करोड रुपैयाँको लगानीमा विशाल हनुमानको मूर्ति बनाउने काम धमाधम भइरहेको छ । उपमहानगरले हनुमानगढी मन्दिरसँगै १ सय ८ फिट अग्लो हनुमानको मूर्ति बनाइरहेको हो । चैतबाट सुरु भएको निर्माणको काम ७० प्रतिशत सकिएको सब–इन्जिनियर रामकुमार पासवानले जानकारी दिए ।
पासवानका अनुसार मूर्ति राख्नका लागि आवश्यक जमिनको पूर्वाधारको लगभग काम सम्पन्न हुने क्रममा छ । उक्त काम सकिएपछि मूर्तिकारहरूले मूर्ति बनाउने काम सुरु गर्नेछन् । दुई वर्षभित्र सक्ने गरी काम भइरहेको निर्माणको ठेक्का लिएको जम्बुदीप निर्माण सेवाले बताएको छ ।
धार्मिक पर्यटन बढाउने अपेक्षासहित ठूलो लगानीमा उपमहानगरपालिकाले विशाल हनुमानको मुर्ति बनाउन लागेको हो । नेपालमा सम्भवतः यति अग्लो हनुमानको मूर्ति नेपालगन्जमै यही हुनेछ ।
प्रकाशित मिति : २०८० पुस ११ गते बुधबार
प्रतिक्रिया दिनुहोस्