दुई महिला उद्यमी सम्मानित



कोहलपुर,२१ वैशाख/  महिला उपकार मंच बाँकेले लघुवित्त कार्यक्रम अन्र्तगत प्रयेक वर्ष गर्दै आएको सफल महिला उद्यमी सम्मान कार्यक्रम अनुरुप बिहीबार राप्ती सोनारी गाउँपालिका को शम्शेरगज शाखाका २ जना महिलाई लाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा राप्ती सोनारी —९ उद्दैनकी सफल कुखुरा पालक व्यवसायी झम्पा गौतम र राप्ती सोनारी –१ कुसुमकी बाख्रपालक किसान दुरपति कुमाललाई सम्मान गरिएको हो ।

महिला उपकार मंच बाँकेले अध्यक्ष बिजुला अधिकारीले जनही रु २÷२ हजार नगद तथा दोसल्ला सहित सम्मान गरेकी हुन । सानो रकमबाट पनि व्यवसाय सुरु गरेर सफल महिला उद्यमी बन्न सफल भएको हुनाले उनीहरुलाई सम्मान गरिएको मंचकी अध्यक्ष अधिकारीले बताईन ।

महिला उपकार मंचका १० वटा शाखा मध्य हरेक वषर्मा केन्द्र प्रमुख गोष्ठीबाट छनौट गरि सम्मान गरिने संस्थाले जनाएको छ । त्यस्तै सो अवसरमा केन्द्र नं ९० प्रथम केन्दै नं ११ दोस्रो र केन्द्र नं ८ तृतिय भएका छन ।

प्रथम हुने केन्द्रलाई २ हजार द्धतिय हुने केन्द्रलाई १५ सय र तृतिय हुने केन्द्रलाई रु १ हजार नगद प्रदान गरिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७५ वैशाख २१ गते शुक्रबार