23 June 2024  |   आइतवार, असार १०, २०८१

‘कोहलपुरको विकासका लागि गम्भीर भएर लागेका छौं’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, बैशाख १०, २०८०  

तपार्ईंले निर्वाचनमा होमिँदा गरेका प्रतिबद्धताअनुसार के–के काम भएका छन् ? कस्ता योजनालाई प्राथमिकता दिनुभएको छ ?

हिजो निर्वाचनमा जाँदा प्रत्येक वडाहरुमा, टोलमा पुगेका थियौं । स्थानीय स्तरमा धेरै समस्या छन् । भोट माग्ने बेला हामीले जिताउनुहोस् हामी विकास गर्छौं भन्ने प्रतिबद्धता व्यक्त गरेका पनि थियौं । उहाँहरुले हामीलाई निर्वाचित गरेर पठाउनु भएको छ ।

उहाँको विश्वास र भरोसा कायम राख्न हामीले देखिने गरी काम गरेर देखाउनुपर्नेछ । म निर्वाचित भएर आएपछि हामीले प्राथमिकताका आधार योजना तयार गरेका छौं । शिक्षा हाम्रो प्रमुख प्राथमिकताको विषय हो । आर्थिक वर्ष २०७९÷०८० को बजेट शिक्षालाई विशेषरुपमा लिएका छौं ।

शिक्षासँगै, स्वास्थ्य र रोजगारलाई पनि प्राथमिकतामा राखेका छौं । पूर्वाधार निर्माणतर्फ पनि काम भइरहेका छन् । बाटोघाटो निर्माण कार्य पनि भइरहेको छ तर, हामीसँग सीमित स्रोतसाधन भएकाले जति हुनुपर्ने हो, त्यो भने भएको छैन ।

एकैचोटी सबै सम्भव पनि छैन । हामीसँग पाँच वर्षको समय छ । नगरवासीले सम्झने काम गरेर देखाउने छाँं । केही दिन अगाडि मात्र हामीले कोहलपुर–१५ मा स्वास्थ्यचौकीलाई हामीले सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र स्थापना गरेका छौं । यसबाट त्यस वडासँगैका अन्य वडाका जनताले पनि स्वास्थ्य सेवा सुविधा पाउने छन् ।

शिक्षामा सरकारले तोकेको शुल्कभन्दा बढी लिएको पाइएमा स्थानीय सरकारलाई खबर भएमा कारबाही हुन्छ की हुँदैन ? कोहलपुरको अवस्था के छ ?

कोहलपुरमा पनि हामीले केही दिन अगाडि शिक्षाको बैठक बसेर जुन शिक्षा ऐनको कार्यविधि छ, त्यस ऐनसँग नबाँझिने गरेर हाम्रो कोहलपुर नगरपालिकामा पनि हामीले शिक्षा ऐन कार्यविधि बनाएका छौं । सोहीअनुरुप वार्षिक १० प्रतिशत वृद्धि गर्न पाउने भनेको छ ।

ता पनि हामीले २०७४ सालमा दर कायम गरेको रहेछ । शिक्षाको बैठकमा अभिभावका गुनासो आएपछि अब हामीले कसैलाई मर्का नहुने गरी शुल्क तोकेका छौं ।

सरकारी विद्यालयले विभिन्न बहानामा रकम लिने गरेको गुनासो सुनिन्छ नी ? अनुगमन गर्नु भएको छ ?

हामीले अनुगमन गरेर कति शुल्क लिनुहुन्छ भनेर प्रत्येक विद्यालयको रिपोर्ट लिएका छौं । जसमा चार÷पाँच विद्यालयले राज्यले तोकेभन्दा कम शुल्क लिने गरेको समेत पाइएको छ । शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा विशेष प्राथमिकता राखेर काम गरिरहेका छौं ।

काम गर्दै गर्दा भएका त्रुटि सच्याउँदै र नागरिकका गुनासोलाई सम्बोधन गर्ने काम गरेका छौं ।

यसैगरी विद्यालयमा गुणस्तरहीन सेनेटरी प्याड वितरण गरेको गुनासो छ ? यो विषयलाई तपाईंले कसरी लिनु भएको छ ?

सेनेटरी प्याड कसरी खरिद गर्ने भनेर कोहलपुर नगरपालिकामा बैठक बस्यौं । विगतका वर्ष विद्यालयमा पठायौं तर, सही सदुपयोग नभएको कारणले र हामी निर्वाचित भए लगत्तै १० लाखभन्दा माथिका सबै कोटेसन बन्द गरेका छौं ।

जति पनि काम ठेक्कामार्फत दिने गरेका छांै, जसअनुसार हामीले सेनेटरी प्याडको ठेक्का खुलायौं । विभिन्न संस्थाहरुले ठेक्का हाल्नुभयो । एउटा कम्पनीलाई प¥यो । नमुना ल्याउन भनियो । मेरै संयोजकमा एउटा बैठक बस्यो । सरसर्ती हेर्दा गुणस्तर होइन जस्तो लाग्यो । म महिला र प्रयोगकर्ता भएकाले सामान हेर्दा कमसलको सामान हो भनेर यो नेपाल सरकारको मापडण्डअनुरुप नभएको भन्ने भयो ।

नेपाल सरकारले निःशुल्क सेनेटरी प्याड वितरण गर्ने भन्ने तर गुणस्तरहीन वितरण गर्नुभन्दा मैले त्यो चेकजाँचका लागि गुणस्तर नाप तौलको केन्द्रीय कार्यालय पठाएका छौं । अहिले त्यो काम रोकिराखेको छ ।

तपाईं न्यायिक समितिको संयोजक हुनुहुन्छ ? यसलाई कसरी चलायमान गराउनु भएको छ ?

नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा न्यायिक समिति हुने संविधानले परिकल्पना गरेको छ । सोहीअनुसार जिम्मेवारी पनि तोकिएको छ । कोहलपुर नगरपालिकाको विकासका लागि जुन जिम्मेवारी दिएको छ, त्यो पूरा गर्न सबै जनप्रतिनिधिहरु मिलेर काम गरिरहेका छौं । तर, पनि संयोजक भएको हिसाबले जिम्मेवारी बढी हुन्छ ।

हामीले हरेक काममा एकदमै पारदर्शीतालाई ध्यान दिएका छौं । प्रत्येक वडामा म आएपछि मेलमिलाप केन्द्र गठन भएको जानकारी आयो । तर वडामा विश्वास कम गर्न भएकाले मुद्दा नगरमा आउने गरेको छ । हिजो जो मेलमिलाप केन्द्रमा हुनु भएको मान्छेले पनि समय कम दिएकाले पनि काम गर्न गाह्रो भयो भन्ने गुनासो पनि आयो । नगरका अन्य धेरै काम छन् । मैले धेरै काम गर्नुपर्ने भएकाले सबै ठाउँमा पुग्न नसक्ने हुँदा समस्या हुने गरेको छ ।

वडामा मेलमिलाप केन्द्रलाई सक्रिय बनाउनुपर्छ । केही दिन अगाडि हामीले वडाबाट माग गरेर ३२ जनालाई मेलमिलापसम्बन्धी ४८ घण्टे तालिम दिएका थियौं । मेलमिलाप केन्द्रमा आवश्यक सामग्री पनि हामीले उपलब्ध गराउँदै छांै । हामीले सकेसम्म वडाबाटै मुद्दाहरु मिलेर आउन भन्ने हो ।

एक महिना अगाडिको डाटा हो, अहिलेसम्म ६४ वटा मुद्दाहरु म सामु आएका थिए । तीमध्ये ४० वटा हामीले मेलमिलापको माध्यमबाट समाधान गरेको छौं । यसमा चाहिँ जग्गा सिमानाहरु र लेनदेनको विषयमा बढी मुद्दाहरु आउने गरेको छ ।

लागुऔषधका एउटा÷दुईवटा केशहरु पनि आऐको छ । यसमा हामीले नगर प्रहरीहरुको सहयोगमा विद्यालय स्तरमा लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यक्रम गरिसकेका छौं । अब वडाहरुमा गर्न योजना बनाएका छौं ।

 

महिला–पुरुषबीच सम्बन्ध विच्छेद्का विषयहरु बढी आउने गरेका छन् । आफ्ना आफन्तबाट यौन हिंसामा परेका केशहरु पनि आउँछन् । कानुनी दायरामा लिनुभन्दा हामीले समस्या समाधानलाई मुख्य प्राथमिकता दिने गरेका छौं ।

श्रीमान्सँग बस्नै सक्दैनौं भनेका केश पनि हामीले मिलापत्र गरिदिएका छौं । किन भने श्रीमान्श्रीमती एकै परिवारको हो । आत्मियता जोडिएको हुन्छ । बच्चाबच्चीको भविष्यको कुरा छ ।
यसरी सम्झाउँदा चाहिँ केशहरु मिलेको छ । घरपरिवारको आफन्तजनहरुबाटै हिंसा भएको पाइन्छ । १४ वर्षदेखि २० वर्षको उमेर समूहका बालबालिकहरुलाई मायाजालमा फसाएर घर परिवारले पनि दाई हो भन्ने र उसले मिसयुज गर्न घटनाहरु पनि आएका छन् ।

त्यसलाई चाहिँ हामीले बसेर कानुनको साहारा लिएर गरेका छौं । अहिलेसम्म बालविवाहको घटना दर्ता त भएको छैन, कतै बालविवाह भएमा हामीलाई जानकारी गराउनु होला भनेका छौं । म आएपछि बालविवाहको केश आएको छैन ।

संगीता सुवेदी
उपप्रमुख, कोहलपुर नगरपालिका बाँके

नागरिकबाट कोहलपुर नगरपालिकाले लगाएको कर घटाएको भए हुन्थ्यो भन्ने गुनासो आएको छ ? नगरपालिकाले के गर्न सक्छ ?

पछिल्लो समय कोभिड–१९ को आएसँगै देश लकडाउनमा जाने अवस्था भयो । विश्वभरि अर्थतन्त्र धरासायी बनेको छ । विशेष गरी नेपालमा पनि आर्थिक मन्दी छाएको छ । व्यापार व्यवसाय घटेको छ । बन्दा हुने अवस्थामा पुगेको छ ।

जुन कर छुटका कुरा छ, राज्य सञ्चालन गर्न आवश्यक छ । स्थानीय सरकार सञ्चालन गर्नको लागि सबै कर मिनाहा गरेर त हामी अगाडि बढ्न सक्दैनौं । प्रत्येक नागरिकले सरकारलाई कर तिर्नु दायित्व पनि हो ।

अहिलेको समयलाई मध्यनजर गर्दै केही छुटको व्यवस्था हामीले गरेका छौं । व्यवसाय दर्ता, नवीकरण चैत महिनाको अन्तिमसम्म छुटको व्यवस्था थियो । समग्र उद्योगी, व्यवसायी व्यापारीहरुलाई आर्थिक मन्दीको कारण पर्न गएको समस्यालाई मध्यनजर गर्दै अगाडि बढेका छौं ।

नयाँ आर्थिक वर्षमा करमा छुट दिने योजना बनाउनु भएको छ ?

हामीले २०८०÷०८१ को बजेट पनि विनियोजन गर्छौं । अहिले पनि आर्थिक मन्दी छ । कोहलपुरमा व्यापार व्यवसाय बन्दीको अवस्थामा छ । धेरै सटर खाली भएका छन् । व्यापारीहरु पलायन हुने अवस्थामा पुगेका छन् ।

यसलाई मध्यनजर गर्दै आगामी दिनमा थप रणनीति बनाउने योजनामा छौं । विशेष गरी व्यवसायहरुको हकहितको बारेका कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल गरेका छौं ।

विकास निर्माणका कुरामा अनुगमन कसरी भइरहेको छ ?

मैले प्राविधिकहरुलाई बोलाएर अनुगमन र गुणस्तरीय कामलाई चुस्तदुस्त हुने गरी काम गर्न ध्यान दिनु होला भनेको छुँ । किन भने, प्रत्येक पालिकामा उपप्रमुख यसको संयोजक हुने भएकाले जसअपसज उपप्रमुखले लिनुपर्छ । प्राविधिकहरु इञ्जिनियरहरुलाई यसरी निर्देशन दिएकी छुँ ।

प्रत्येक वडामा प्राविधिकहरु छन् । उहाँहरुलाई काम सम्पन्न भएको ठाँउमा दिनमा एकपटक पुगेर मलाई रिर्पोट दिन पनि निर्देश गरेको छुँ । काम चित्त नबुझेमा जनतालाई गुनासो गर्न पनि अनुरोध छ ।

जुन ठेकेदारलाई पनि गुणस्तरीय काम नभए भने स्थानीयवासी भएपछिको दाई पर्ला, भाई पर्ला, कोही आफ्नै पार्टीको पर्ला त्यसमा मलाई चासो भएन । काम गुणस्तरीय हुनु प¥यो । भएन भने बिल पास हुँदैन भनेर मैले पहिलै भनेको हुन्छुँ ।

मानव बेचविखन ओसारपोसार हुने थलोको रुपमा कोहलपुर चिनिँदै आएको छ, यस सन्दर्भमा कोहलपुर नगरपालिकाले कसरी हेरेको छ ?

यसमा पुरुषभन्दा महिलाका धेरै परेका घटनाहरु छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखामा रहेर मैले काम गर्नु पर्ने भएकाले पनि चिन्ताको विषय छ । आगामी दिनमा मानव बेचविखन कार्यलाई निर्मूल पार्न काम गर्र्नेछौं । लागुऔषध र मानव बेचविखनसम्बन्धी हामीले सचेतनामूलक नाटक पनि गरिरहेका हुन्छांै । पछिल्लो समय रोजगारीको सिलसिलामा बेचविखनमा परेको पाइएको छ ।

जोले मानव बेचविखनविरुद्ध कार्यक्रम गर्छ, उहाँहरुसँग सहकार्य गरेर अगाडि बढिरहेका छौं । प्रत्येक कार्यक्रममा जाँदा हिंसाका केशहरु कम आउने गरेका छन् । जसको उद्दार भएको छ । उहाँहरु हाम्रो सम्र्पकमा आउनु भएको छैन ।

सम्पर्कमा आए थप रणनीति बनाउन सहज हुने थियो । आगामी दिनमा पनि योसम्बन्धी सचेतनामूलक कार्यक्रम चलाउने छौं । १५ वटै वडामा गएर बालबालिका, बृद्धाबृद्धा, महिला सबैको समस्या बुझेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेट्ने छौं ।

नगर क्षेत्रमा रहेका अपांगता भएका व्यक्तिका लागि के–कस्ता काम गरिरहनु भएको छ ?

अपांगता, व्यक्तिले चाहेर हुँदैन । यो परिस्थितिले हुने कुरा हो । समाजमा अहिले पनि अपांगता भएका व्यक्तिहरुलाई हेर्ने नजर राम्रो छैन । त्यस्ता व्यक्तिसँग अनेक किसिमका समस्या छन् । मैले निवार्चनका बेला पनि यस्ता समस्या धेरै देखेँ ।

म निर्वाचित भएर आइसकेपछि कोहलपुर नगरपालिकाबाट स्थलगत अनुगमन ग¥यौं । नगरपालिकासम्म आउन नसक्नेलाई हामीले घरमै पुगेर परिचयपत्र वितरण गरेका छौं । राज्यले क र ख वर्गकालाई केही भत्ता दिने गरेको छ । ग वर्गका अपांगता भएकाहरु जो केही गर्न सक्दैनन्, उहाँहरुका लागि नगरपालिकाले सीप विकास कार्य सुरु गरेको छ । म आफैँ संयोजक भएकाले म यसमा गम्भीर भएर लागेकी छुँ ।

                                            प्रस्तुतिः वीपी अधिकारी

प्रकाशित मितिः आइतवार, बैशाख १०, २०८०     9:22:30 AM  |