सुर्खेत ।
कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार प्रदेश प्रमुख परियारले प्रमाणीकरण गरेको उक्त विधेयक अब ऐनमा परिणत भएको छ ।
यसअघि कर्णाली प्रदेशसभाको दशौं अधिवेशनको तेस्रो बैठकबाट ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्नको बनेको विधेयक’ पारित भएको थियो ।
विधेयक संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरी जारी गरिएको कर्णाली प्रदेश प्रमुखको कार्यालय, सुर्खेतका निमित्त सचिव भीमराज थानीले जानकारी दिए । योसँगै कर्णाली प्रदेशमा हालसम्म ३८ वटा विधेयकहरु प्रमाणीकरण भएका छन् ।
प्रकाशित मिति : २०७९ जेठ १३ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्