होमस्टे महासंघको महासचिवमा बाँकेका चौधरीको दाबी



कोहलपुर ।

गाभर भ्यालीमा जारी होमस्टे एसोसिएसन नेपालको तेस्रो राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्वसमेत चयन गरिँदैछ ।

नयाँ नेतृत्व चयन गर्दै सम्मेलन आज नै सकिने गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले जानकारी दिए ।

धेरैजना आकांक्षी भएपनि सहमतिमै नयाँ कार्यसमिति चयन गरिने उनले बताए । ‘अध्यक्षलगायत अन्य पदका लागि आकांक्षी धेरैजना हुनुहुन्छ,’ अध्यक्ष चौधरीले भने, ‘सकेसम्म हामी नयाँ कार्यसमिति सहमतिमै चयन गर्नेछौं ।’

गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष चौधरीसमेत महासचिव पदका आकांक्षी रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत १३ गते आइतबार