कालीकोटबाट नेपालगञ्ज आउँदै गरेको बसमा आगलागी



कोहलपुर ।

कालीकोटबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बसमा आगलागी भएको छ।

शुक्रबार दिउँसो ३ बजेर २५ मिनेटमा सुर्खेतको बराहताल गाउँपालिका–८ ओदालताल नजिक ना ८ ख २३५६ नम्बरको बसमा आगलागी भएको हो।

‘गाडी जलेको छ, मानवीय क्षति भएको छैन,’ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले भने, ‘अरू भौतिक वा सामग्रीको क्षति भएको छैन।’

बसमा लागेको आगो वीरेन्द्रनगरबाट दमकल गएर निभाएको छ। बसको ब्याट्रीमा अचानक आगलागी भएर आगो लागेको डिएपी घर्तीले जानकारी दिए।

उनका अनुसार बसमा सवार सबै यात्रु सकुशल छन्।

  • No tags available
प्रकाशित मिति : २०७८ चैत ११ गते शुक्रबार