सुर्खेत ।
ओभरलेको काम सकिएपछि सुर्खेत विमानस्थल २५ दिनपछि आंशिक रुपमा सञ्चालनमा आएको छ । मर्मत सम्भारको काम पूर्ण रुपमा नभएकाले जनवरी दोस्रो साताबाट मात्रै यो विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउने भएको हो ।
‘अहिले बिहान ६ः३० बजेदेखि दिउँसो १२ः०० बजेसम्मका लागि विमानस्थल सञ्चालनमा ल्याइएको छ । ओभरलेको काम सकिएको छ । तर एप्रोनको काम बाँकी नै छ ।
जनवरी १० तारिखसम्म विमानस्थल दिउँसो १२ः०० बजेपछि बन्द गरिनेछ,’ विमानस्थल स्रोतले भन्यो । अहिले काठमाडौं–सुर्खेत तर्फ निजी वायुसेवा कम्पनीले मात्र नियमित उडान गर्दै आएको छ ।
मर्मत सम्भारका लागि यो विमानस्थल गत मंसिर १० देखि पुस ५ गतेसम्म नियमित उडान बन्द गरिएको थियो । मंगलबारदेखि भने विमानस्थल आंशिक रुपमा सञ्चालनमा आएको हो ।
विसं. २०२३ सालमा स्थापना भएको यो विमानस्थलको धावनमार्गको लम्बाई १२ सय ५५ मिटर छ भने चौडाइ ३० मिटर छ ।









प्रतिक्रिया दिनुहोस्