बाँकेमा विभिन्न कार्यक्रम गरी राष्ट्रिय बाल दिवस भव्यका साथ मनाइयो



कोहलपुर।

राष्ट्रिय बाल दिवस आज बाँके लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘सुनिश्चित बाल अधिकार, समृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथ बालबालिकाका क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरुले दिवस विभिन्न कार्यक्रमहरु गरी मनाएका छन् । सोही अवसरमा बाँकेको कोहलपुरमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसमा आज बिहान कोहलपुरमा प्रभातफेरी समेत निकालिएको थियो ।

कोहलपुर चौराहबाट सुरु भएको प्रभातफेरी न्यूरोड, एनटीभीरोड, साझाचोक, पुरानो पिपलचौतारा हुँदै कोहलपुर नगरपालिका कार्यालयको सभाहलमा पुगेर कोण सभामा परिणत भएको थियो । प्रभातफेरी पछिको कोणसभामा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख सन्जु कुमारी चौधरीले बालअधिकारका क्षेत्रमा अझै पनि थुप्रै समस्याहरु रहेको बताइन् । ‘नेपालले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय बाल महासन्धीमा विभिन्न प्रतिवद्धता जनाएपनि बालबालिकाले पाउनु पर्ने विभिन्न अधिकारहरु अझै पनि सुनिश्चित हुन नसकेको छैनन्’ उनले भनीन् ‘ पछिल्लो जल्दो बल्दो समस्याका रुपमा बाल विवाहलाई नै लिन सकिन्छ । बालबालिका तथा किशोर किशारीहरुलाई आफ्नो अधिकारको प्रत्याभूत गराउन र उनीहरुलाई चेतनशिल बनाउन राज्य मात्र नभई घरपरिवार, विद्यालय, समाज लगायत सम्वन्धित सबैको उत्तिकै महत्वूर्ण भूमिका रहने उनको भनाई थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ भदौ २९ गते आइतबार