सुर्खेत ।
सुर्खेतमा एक बालिका मृत भेटिएकी छिन् । आइतबार बिहान घरबाट पसलमा सामान किन्न भनेर निस्किएकी सुर्खेत लेकवेशीकै बालिका घाँटि रेटिएको अवस्थामा मृत फेला परेकी हुन् ।
इलाका प्रहरी कार्यालय लेकवेशीका अनुसार आइतबार बिहान लेकवेशी नगरपालिका–१ का गगनबहादुर सुनारकी सात वर्षीया छोरी मनिषा सुनार घर नजिकैको पसलमा गएकी थिइन् । तर, उनी घर फर्किनन् ।
त्यसपछि प्रहरीलाई खबर गरेपछि प्रहरीले सोमबार बिहान साढे १० बजेतिर उनलाई घरभन्दा ५ सय मिटरको दूरीमा उनलाई मृत फेला पारेको हो । प्रहरीका अनुसार स्थानीय देविलाल सुनारको खरबारीमा घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो ।
साथै मृत शरीरमा माथिल्लो भागमा मात्रै कपडा रहेको र तल्लो भागको कपडा फेला परेको छैन । प्रहरीले बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका व्यक्त गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लेकवेशीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्