सल्यान बनगााड नगर एमालेकाे सचिवमा राजेश वली सर्वसम्मत चयन



काेहलपुर ।

सल्यान जिल्लाको बनगाड नगरपालीकाको नेकपा एमालेलेको प्रथम अधिवेशनबाट गञ्जमान बुढाको नेतृत्वमा ७५ सदस्यीय कमिटि गठन गरिएको छ ।

यस्तै उपाध्यक्षमा चुडामणि विक, सचिव राजेश वली, उपसचिव प्रकाश बस्नेत र केशर राना सहित ७५ सदस्यीय कमिटि गठन गरिएको हो । सो अधिवेसनमा प्रमुख अथिती नेकपा एमाले जिल्ला अध्यक्ष गोविन्द कुमार पुन र मोतिलाल घर्ती समेत रहेका थिए ।

अधिवेशनबाट निर्वाचित राजेश वलीले कमिटि गठनपछि बोल्दै पार्टीले दिएको जिम्मेवारि कुसलता पुर्वक निर्बाह गर्ने प्रतिबद्धता गरेका थिए ।

उनले पार्टी युवाहरुको नेतृत्वमा आएको छ र हामी युवाहरुले नै हो आफ्नो नगर, जिल्ला र समग्र देशको विकास गर्ने लाग्नुपर्ने जोड
दिएका थिए ।

सो अधिवेशनमा नेकपा एमाले पुर्व जिल्ला कमिटि सदस्य शंकर थापा, कर्णाली प्रदेश परिषद् सदस्य दिप बहादुर विष्ट, जिल्ला कमिटि सदस्य आशा वलि, संचिता शर्मा, नरभुपाल शाह, अकवर पुन, लगाएतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ कात्तिक १५ गते सोमबार