Update:नेपालगञ्जन्बाट मुगु जाँदै गरेको बस दुर्घटनाः २२ यात्रुको मृत्यु, उद्धार जारी



कोहलपुर ।

मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ।

२२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। ‘बस क्षतविक्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु भएको खबर छ’, उनले भने।

मंगलबार दिउँसो छायानाथ रारा नगरपालिकास्थित पर्चानी खोलामा दुर्घटना भएको उनले बताए। अहिले घाइतेको उद्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज २६ गते मंगलबार