20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

‘स्थानीय सरकारसँग मिलेर जनताको सेवा गरिरहेका छौँ ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८  

देशभर कोरोना महामारी तीव्र रहेको छ । देशमा कोरोना भाइरसको दोस्रो लहर अहिले पनि विद्यामान छ । कोरोनाका कारण अहिलेसम्म ६ हजार भन्दा बढीको मृत्यु भएको छ । कोरोना संक्रमितको संख्या लाखौँ रहेको छ । कोरोनाका कारण सिंगो देशको अर्थतन्त्रका साथै जनजीवन समेत नराम्रोसँग प्रभावित भएको छ । विगत एक महिनादेखि कोरोनाका कारणका कारण देशभर निषेधाज्ञा गरिएको छ । अझै पनि कोरोनाको प्रकोप कमी हुन सकेको छैन । देशमा कोरोनाको मात्रै कहर छैन । देशको राजनीति पनि अन्यौल ग्रस्त अवस्थामा छ । महामारीको बेलामा राजनीतिक दलले समेत महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । भुकम्प र अन्य महामारीको समयमा देशभरका दलहरुको एकता हुँदै आएको छ । तर यसपटक भने सरकार र दल एक आपसमा मिल्न नसकेका कारण जनताले दुःख पाइरहेका छन् । सत्ताधार दल फुटको डिलमा रहेको छ । अन्य दल भने सरकारको कदम विरुद्ध लड्दै आएका छन् । बाँके जिल्लामा पनि राजनीतिक दलहरुको भूमिका रहदै आएको छ, कोरोना महामारी रोकथाम र नियन्त्रणको लागि । यस्तै नेकपा एमाले बैजनाथ गाउँपालिका समितिले पनि कोरोनाका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्दै आएको छ । गाउँ कमिटीले सञ्चालन गरेको अभियान, स्थानीय सरकारको सहयोग र अन्य अभियानका विषयमा गाउँपालिका कमिटीका अध्यक्ष प्रेम सुवेदीसँग मिसन टुडे दैनिकका शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :

१. कोरोनाको महामारी छ यहाँको दैनिकी कसरी बितिरहेको छ ?

अहिले कोरोनाका कारण निषेधाज्ञा जारी गरिएको अवस्था छ । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्नको लागि पनि सम्पूर्णलाई निर्देशन समेत जारी गरेको छ । बाँके जिल्लामा पनि कोरोनाका कारण प्रभावित भएको छ । यसमा हाम्रो पनि भूमिका रहनु पर्छ भन्ने हेतुले हामीले कोरोनाका कारण समस्यामा परेकाहरुको समस्या बुझेर उनीहरुलाई सहयोग गर्ने देखि राहत प्रदान गर्ने लगायतका काम गरिरहेका छौँ । विगत एक महिनादेखि म व्यक्तिगत रुपमा कोरोना महामारीको समयमा आफू पनि सुरक्षित भएर जनताको सेवामा खटिरहेको अवस्था छ । जनता र राजनीतिक बीच सुमधुर सम्बन्ध बनाउने र घरदैलो गरिरहेका छौँ ।

२. तपाईंहरुले बैजनाथमा शुरु गरेको अभियानको पृष्ठभूमिका विषयमा जानकारी गराइदिनुहोस न ?

जनता महामारीको चपेटामा छन् । यसमा हामी राजनीतिक दलको अगुवा हुनुको नाताले उनीहरुको दुःख देखेर बस्ने अवस्था रहदैन । त्यो मानवीय कर्म पनि होइन । हेरेर र सहेर मात्रै बस्न सक्ने स्थिति रहेन । हामीले बैशाखको १२ गते गाउँपालिका कमिटीको बैठक बसेर बृहत छलफल भयो । उक्त बैठकले कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि केही निर्णय समेत ग¥यो । सर्वप्रथम बैजनाथ गाउँपालिकामा रहेका कोरोना संक्रमितसँग भेटघाट गर्ने, पीडितहरुलाई औषधोपचारमा सहयोग गर्ने लगायतका निर्णय गरेको हो । अर्कातिर हाम्रोमा जनतामा के पनि परेको छ भने, भोट माग्ने बेला मात्रै नेताहरु घरमा आउँछन्, अरु बेला कहिले पनि आउँदैनन् भन्ने जनतामा भ्रम छ । त्यो कुरा चाँही महामारीको समयमा चिर्नु पर्छ भनेर हामीले यस्तो अभियान सञ्चालन गरेको हो ।

३. त्यहाँको स्थानीय सरकार र पार्टीको अभियान कसरी चलिरहेको छ, स्थानीय सरकारसँग समन्वय कत्तिको गर्नुभएको छ ?

हामीले एउटा पार्टीको कमिटीले गर्नुपर्ने कर्तव्य निर्वाह गरिरहेको अवस्था हो । यो कुनै सरकारको प्रतिष्पर्धासँग जोड्नको लागि गरिएको होइन । हामीले स्थानीय सरकारलाई सहयोग गर्नको लागि यो अभियान सञ्चालन गरेको हो । बैजनाथ गाउँपालिकाका हकमा तपाईंले भन्नु भएको जस्तै कुनै पनि कुरामा बेमेल छैन । हामी दुवै पक्ष आपसी सहयोग र सहकार्य गरेर अघि बढिरहेको अवस्था छ । त्यसैले कोरोना महामारीको समयमा यहाँको स्थानीय सरकारले हामीले धेरै नै सहयोग गरेको छ । गाउँपालिकाले समेत घरदैलो अभियान शुरु गरेको छ । हामीले पनि घरदैलो अभियान शुरु गरेका छौँ । दुवै पक्ष मिलेर जसरी पनि जनतालाई सेवा दिनुपर्छ भनेर हामी लागिरहेको अवस्था छ । जहाँ पार्टी जान्छ । त्यहाँ सरकारले सहयोग गरेको छ । सरकार जहाँसम्म पुग्छ त्यहाँ सम्म हामी पनि पुगेका छौँ । हाम्रो अभियानहरु दुवै पक्षका लागि परिपुरक जस्तै हुन् । पार्टी र सरकारको सुमधुर सम्बन्ध रहेको छ । हामी दुवै पक्षको एक मात्र उद्देश्य भनेको कोरोना रोकथाम र समस्यामा परेकाहरुलाई सहयोग गर्ने हो । साझा उद्देश्य भएकोले हुनाले फरक फरक रुपमा काम गर्दा गन्तव्यमा पुगिदैन भन्ने मान्यताका साथ अघि बढिरहेका छौँ । हामी सँगसँगै छौँ । मिलेर काम गरिरहेका छौँ ।

४. अभियानले खास कुन–कुन क्षेत्रमा सहयोग गर्दै आउनु भएको छ नी ?

अहिलेसम्म बैजनाथ गाउँपालिकामा ७ सय भन्दा बढी संक्रमित रहेका छन् । जति संक्रमित हुन्छन्,ती सबैलाई भेट्ने र समस्या समाधानको लागि पहल गर्ने गरेका छौँ । अहिले २ सय ६२ जना होम आइसोलेसनमा रहेको तथ्यांक छ । यिनीहरुको घरदैलोमा हामी पुग्छौँ । बैजनाथ गाउँपालिका भित्र पनि कोरोनाका कारण मृत्यु भएको छ । जसको दाहसंस्कारमा हामीले सहयोग गरिरहेका छौँ । जसको घरमा मान्छे मरेपछि सहयोग गर्ने वातावरण छैन, आर्थिक अवस्था कमजोर छ, उनीहरुलाई हामीले सहयोग गरिरहेका छौँ । गाउँपालिका कमिटीले प्रत्येक वडामा पाँच जनाका हिसाबले कार्यकर्ता खटाएको छ । राहत, खोज तथा उद्धार समिति नै बनाइएको छ । अहिलेसम्म हामीले रुकुम पश्चिम, सल्यान लगायतका समेत गरेर १५ जनाको दाहसंस्कार गरिरहेका छौँ । अहिले कोरोनाका कारण मृत्यु भएकाहरुलाई मानिसले नछुने समेत समस्या रहेको छ । कसैले आफन्त नै फेला पर्दैनन् ।ती मानिसहरुको हामीले अस्पतालबाट उद्धार गरेर दाहसंस्कार गर्ने गरेका छौँ । यो अभियान अहिले पनि जारी छ । यस्तै आइसोलेसनमा रहेका कोरोना संक्रमितहरुको पनि अवस्थामा विषयमा पार्टीले बुझ्ने काम गरेको छ । यस्तै विभिन्न माध्यमबाट सूचना प्रवाह गर्ने, जिंगल बजाउने, र सम्पर्क नम्बर समेत सामाजिक सञ्जालमा राखेर सम्पर्क र समन्वय गरिरहेका छौँ । नागरिकलाई जसरी पनि कोरोनाबाट बचाउनको लागि हाम्रो प्रयास जारी छ ।

५. एमालेको केन्द्रीय स्तरदेखि स्थानीय स्तरमा विवाद छ, संस्थापन पक्ष र इतर पक्ष क्रियाशिल रहेको अवस्था छ,यस्तो अवस्थामा तपाईंहरुको अभियानको आधिकारिताको समेत प्रश्न उठेको छ, यसको विषयमा पनि बताइदिनुन ?

२३ फागुनमा सर्वोच्चले दुई पार्टीलाई पूर्ववत अवस्थामा फर्काएपछि हामी आफ्नो मूल पार्टीमा फर्कियौँ । फागुन २८ गते पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले जुन निर्णय गर्नुभयो । अहिलेसम्म पार्टीमा देखिएको समस्याको जरो यहीँ हो । त्यतिबेला पार्टीका नेताहरुको महत्वपूर्ण जिम्मेवारी खोस्ने र अधिकार विहीन बनाउने काम भयो । हाम्रो माग भनेको एमालेलाई २०७५ साल जेष्ठ २ को अवस्थामा फर्काउनु पर्छ भन्ने हो । यस्तो अवस्थामा तपाईंले भन्नु भएजस्तै अहिले जिल्लामा पनि समस्या देखिएको छ । आठौँ जिल्ला अधिबेसनबाट निर्वाचित बाँकेका अध्यक्ष अशोक कोइरालाको टिम हो । अहिले बाँकेको अध्यक्षको रुपमा सूर्य ढकाललाई भनिएको छ । त्यो केपी गुटको कमिटी हो । त्यो कमिटी आधिकारिक होइन । हामी जिल्लाको अधिबेशनबाट निर्वाचित कमिटी अन्तर्गत रहेर काम गरिरहेका छौँ । अहिले पनि हाम्रो पार्टीको अध्यक्ष त केपी ओली नै होनी । पार्टीभित्र दुई लाइन संघर्ष जहिलेपनि हुन्छ । दल विधि र पद्धती अनुसार चल्लु पर्ने हो । दुभाग्र्य एमाले अहिले त्यसरी चल्न सकेको छैन । २०७५ जेष्ठ २ अनुसार पार्टी चल्नुपर्छ भन्ने हाम्रो माग रहेको छ । सोही अनुसार काम गरिरहेका छौँ ।

६. अन्त्यमा सम्पूर्ण नागरिक तथा पार्टीका कार्यकर्ताहरुलाई कोरोनाबाट बच्नको लागि के भन्न चाहनुहुन्छ ?

अन्त्यमा सम्पूर्ण आम जनसमुदायहरुलाई मेरो आग्रह छ । कोरोना नियन्त्रणका लागि भूमिका खेलौँ । म अनुरोध गर्न चाहन्छु । यो कोरोना महामारीको समय हो । दोस्रो चरणको भेरियन्त्रले हाम्रौ गाउँ ठाउँमा धेरै जनाको ज्यान समेत लिइसकेको छ । अहिले पनि धेरै मानिसहरुको प्रभावित हुनुहुन्छ । हामीले नेपाल सरकारको नियमको पालना गर्नैपर्छ । निषेधाज्ञाको पूर्ण पालना गरौँ । स्वास्थ्य मापदण्ड लागू गरौँ । दुरी कायम राख्ने देखि सकभर आफू सुरक्षित हुने काम हामीले गर्नुपर्छ । अरुलाई पनि सुरक्षित राख्नको लागि सहयोग गर्नुपर्छ । अब धेरै समय छैन, कोरोनाको संक्रमण घट्दो क्रममा रहेको छ । हामीले सुरक्षा अपनाएमा प्रभावित हुने छैनौँ । कोरोनाले पनि हामीलाई छुन सक्दैन । त्यसैले सम्पूर्णलाई मेरो सादर अनुनय छ, प्लिज सुरक्षित बनौँ, आफू पनि बनौँ, अरुलाई पनि सुरक्षित रहन अपिल गरौँ । सरकारलाई सरकार गरौँ , आफ्नो तर्फबाट भूमिका खेलौँ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८     6:15:29 AM  |