26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

देउवासहित १४६ सांसदको रिटमाथि सुनुवाइ आज नहुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८  

काठमाडौं ।

शेरबहादुर देउवा, प्रचण्ड र माधवकुमार नेपालसहित विघटित प्रतिनिधिसभाका १४६ सदस्यले परमादेश लगायतका विभिन्न आदेश माग्दै दायर गरेको रिट आज पेसीमा चढेन ।

सर्वोच्च अदालतमा आज दुईटामात्र इजलास तोकिएका छन् । दुवैमा सोमवार दायर भएका प्रतिनिधिसभा विघटन, संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री नियुक्तिसँग सम्बन्धित २८ वटा रिटको पेसी तोकिएको छैन ।

आज तोकिएका दुई इजलासमध्ये दीपक कार्की र सपना प्रधान मल्लको बइजलासमा न्दी प्रत्यक्षीकरण लगायतका ४ वटा मुद्दा छन् भने आनन्द मोहन भट्टराईको इजलासमा एउटा मुद्दा छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ ११, २०७८     1:03:02 PM  |