3 December 2021  |   शनिबार, मंसिर १८, २०७८

२४ घण्टामा सात हजार तीन सय ६८ जनामा काेराेना सङ्क्रमण, ६ हजारभन्दा धेरै निकाे

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८  

काठमाण्डाै – गएको २४ घण्टामा देशभर सात हजार तीन सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १९ हजार पाँच सय ३९ जनाकाे पीसीआर र तीन सय ४४ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा सात हजार तीन सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै यो अवधिमा काठमाण्डौ उपत्यकामा दुई हजार ६ सय नाै जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा एक हजार आठ सय ८१, भक्तपुरमा दुई सय ९२ र ललितपुरमा चार सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको हाे ।

२४ घण्टामा साढे ६ हजारभन्दा धेरै जना काेराेना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार २४ घण्टामा ६ हजार ६ सय ४८ जना कोरोनामुक्त भएका छन्  । अहिले नेपालमा निको हुने दर ७४ दशमलव ६ प्रतिशत पुगेको छ ।

नेपालमा आज सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार दुई सय ६३ छ ।साभार उज्यालो

प्रकाशित मितिः आइतवार, जेष्ठ २, २०७८     5:14:26 PM  |