कृषी पेशामा फर्किए ‘भुषाल’



शिवु खनाल । दाङ ।

जिल्लाको लमही नगरपालिका वडा नम्बर २ राजपुर निवासी नारायणप्रसाद भुषालले व्यवसायी रूपमा केरा खेति सुरु गरेका छन् । सुरुमा घरायसी प्रयोगको लागि दुई-चारवटा केराको बोट लगाएर सुरु गरेका उनी केरा राम्रो फलेपछि व्यवसायी खेती तर्फ आकर्षित भएका हुन् । भुषालले बाह्र विगाहा जग्गा लिजमा लिएर व्यवसायीक रुपमा केरा खेति गर्दै आएका छन् । स्थानीय जातको केरा विक्रि गरेर पहिलो लटमा २ लाख ५० हजार आम्दानी गरेको उनले जानकारी दिए ।

‘ग्रिन एग्रो फर्म इच.विच फर्म दर्ता गरि वार्षिक तिन लाख दिने सर्तमा राजपुरमा बाह्र विगाहा जग्गा लिजमा लिएर पच्चिस लाखको लगानीमा व्यवसायीक रुपमा केरा खेतीको सुरुवात गरेको छु’ उनले भने, ‘बाह्र विगाहा जग्गामा जि.नाईन, उइलि.यम हाइव्रेड, र हरिसा जातका अठार हजार केराको विरुवा छन् ।’ खिमबहादुर मा.वि शाह कोलहीमा करिब दशवर्ष शिक्षण पेशामा आवद्ध भएका भुषालले आफु केरा खेतीमा सन्तुष्ट भएको बताए । ‘दशवर्ष शिक्षण पेशमा जिवन गुज्रीयो । बाँकी जिवन कृषी पेशामा आवद्ध रहनेछु । फर्ममा उत्पादन भएको सबै केराहरु स्थानीय लमही बजारमा खपत भएको छ । कृषी ज्ञान केन्द्र दाङबाट केरा खेतीको लागी चारलाख अनुदान प्राप्त भएको थियो’ उनले भने, ‘यसवर्ष केरा विक्री गरेर कम्तिमा ७ लाख आम्दानि गर्ने योजना छ । फर्ममा काम गर्ने दुईजना कर्मचारी रहेका छन् ।’

मलको लागि भैंसी बाख्रा पाल्ने योजना

बाह्र विगाहा जग्गामा केरा खेती गर्दै आएका भुषालले केरा खेतीको लागि मलको अभाव हुन थालेको गुनासो गरे । ‘केरा खेतीको लागी मल प्रसस्त चाहिन्छ तर, मलको चरम अभाव छ । खेती सुरु हुन्छ तर भनेको बेला मल पाइदैन । अव फर्ममा मल उत्पादन गर्न ६ विगहा जग्गा लिजमा लिएर भैँसी र बाख्रा पालन गर्ने योजना बनाएको छु’ उनले अगाडि भने, ‘केरा खेतिको लागि मल छैन । मल नभएकै कारण ६ विगहा जग्गा जिलमा लिएर बाख्रा र भैंसी पालन गर्ने योजना रहेको छ । फर्मबाट उत्पादन हुने मल केरा खेतिमा प्रयोग गर्ने र व्यवसायीलाई अझ बढाउने लक्ष्य रहेको छ ।

नगर प्रमुख केसीद्धरा अनुगमन

लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले लमही नगरपालिका अन्तरगत गरिएको केरा खेतीको अनुगमन गरेका छन् । नगर प्रमुख केसीले नगर क्षेत्रमा कृषकहरुले व्यवसायीक रुपमा गरेका केरा खेतीको स्थलगत निरिक्षण तथा अनुगमन गरेका हुन् । अनुगमन गर्दै उनले कृषी क्षेत्रमा लगानी गरि कृषकहरुको आयआर्जनमा वृद्धि विकास गर्नुपर्ने बताए । ‘कृषकहरुका लागी कृषी सम्बन्धी नगरपालिकाबाट विभिन्न कार्यक्रमहरु अगाडि सारिएका छन्’ उनले भने, ‘नगर क्षेत्रका कृषकहरुलाई कृषी सम्बन्धी विभिन्न तालिम संचालन गरि स्वदेशमै कृषी पेशा गरि आत्म निर्भर गराउने लमही नगरपालिकाको दिर्घकालीन योजना रहेको छ ।’

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ३० गते मंगलबार