दिनेश बुढा, सुर्खेत ।
हालसम्म कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या दुइ हजार सात सय ७६ पुगेको छ । संक्रमण हुने हरुमध्ये ८४ प्रतिशत पुरुष र १६ प्रतिशत महिला रहेका छन् । यस्तै कोरोना संक्रमण जितेर घर फर्किनेको संख्या दुई हजार तिनसय ९५ रहेको सामाजिक विकास मन्त्रालय अन्तरर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
कर्णालीमा शनिबार थप २१ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल-पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा कोरोना पुष्टि भएको हो । शनिबार संक्रमित हुनेमा तीन जना थुनुवा, आठ जना सुरक्षाकर्मी र तीन जना बैंकका कर्मचारीहरु रहेको जिल्ला जन स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा सुर्खेतका छ, दैलेख पाँच, बर्दियाका तीन, कालिकोट, सल्यान, हुम्ला, अछाम, डडेल्धुरा, दार्चुला र कञ्चनपुरका एक-एक जना रहेको सामाजिक विकास मन्त्राललयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर १६ जना डिस्चार्ज भएका छन् । भने कर्णालीमा संक्रिय बिरामीको संख्या तीनसय ७५ जना रहेको
छन् ।
२१ देखि ३० बर्षका धेरै संक्रमित
हालसम्म कर्णालीमा कोरोना संक्रमण उमेरको आधारमा २१ बर्षदेखि ३० बर्ष उमेरका ४१ प्रतिशत भन्दा माथि रहेका तथ्यांकले देखाएको
छ यस्तै अन्य उमेर समुहको हकमा ३१ बर्ष देखि ४० वर्षका उमेर समुहका करिब २४ प्रतिशत, ११ बर्ष देखि २० वर्ष उमेर समुहका १५ प्रतिशत व्यक्ति, ४१ वर्ष उमेरका समुह देखि ५० बर्ष सम्मका नौँ प्रतिशत, ५१ बर्ष देखि ६० बर्ष सम्मका उमेर समुहका पाँच प्रतिशत व्यक्ती, ६१ बर्ष भन्दा माथिका दुई प्रतिशत व्यक्ती र १० बर्ष मुनिका चार प्रतिशतका बालबालिका हरुमा कोरोना संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।
६ जनाको मृत्यु
हालसम्म कर्णाली प्रदेशमा यस कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसेको छ । सबैभन्दा पहिला २०७७ जेष्ठ १७ गते दुल्लु नगरपालिका ११ दैलेखका एक ३५ बर्षका पुरुषको क्वारेन्टिनमा मृत्यु भएको थियो । यस्तै २०७७ जेष्ठ २२ गते पन्चपुरी नगरपालिका १ सुर्खेतका १८ बर्षका पुरुषको मृत्यु भयो । भने जेष्ठ २१ गते जगदुल्ला गाउँपालिका ३ डोल्पाका ५८ बर्षका पुरुषको आफ्नै घरको होम क्वारेन्टिनमा र असार १ गते सिम्ता गाउँपालिकाकी २५ बर्षीय महिलाको उनको आफ्नो घर नजिकै ज्यान गयो । यसैगरी असार ८ गते दुल्लु नगरपालिका ३ दैलेखका ४५ बर्षका पुरुष प्रदेश अस्पतालको कोभिड आइसोलेसन वार्डमा मृत्यु भएको थियो । त्यस्तै २०७७ असार ९ गते दुल्लु नगरपालिका १० दैलेख घर भएका २१ बर्षका पुरुषको दुल्लु नगरपालिका १० दैलेखको घर नजिकै जंगलमा मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
३५६ क्वारेन्टिन, आइसियू ६२ र भेन्टिलेटर २६ वटा
कर्णालीका विभिन्न जिल्लामाहरुका हालसम्म गरेर तीनसय ५६ वटा क्वारेन्टिन रहेका छन् । त्यहाँ जम्मा बेड संख्या २१ हजार आठ सय ९७ वटा रहेको छ । यस्तै हालसम्म क्वारेन्टिनमा रहनेहरुको संख्या ६ सय २२ भन्दा बढी रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतले जनाएको छ । निर्देशनालयका अनुुसार कर्णालीका विभिन्नि स्थानहरुका हेल्थ डेस्क एकसय ११ रहेका छन् । भने हालसम्म दुई लाख ४६ हजार एकसय भन्दा धेरैको जाँच समेत गरिएको छ । साथै हालसम्म विभिन्न स्वास्थ्य संस्थामा रहेका ज्वरो क्लिनिकबाट सेवा लिनेहरुको संख्या करिब ५० हजार चारसय ६१ जना भन्दा बढी रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । साथै कर्णालीका विभिन्न जिल्लाहरुमा कोरोना रोगथाम तथा नियन्त्रणका लागि हालसम्म आइसोलेसनको बेड संख्या एक हजार नौसय ४१ वटा रहेको छ । कर्णालीका विभिन्न जिल्लाका स्थानहरुमा गरि जम्मा आइसियू बेड ६२ वटा र भेन्टिलेटर २६ वटा रहेका स्वास्थ्य सेवा निर्देशनालयले कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।
७५ हजारभन्दा बढी कर्णालीमा प्रवेश
यस्तै प्रदेश प्रहरी कार्यालय कर्णाली प्रदेश सुर्खेतका अनुसार लकडाउनको अवधिभर हालसम्म भारत तथा अन्य प्रदेशबाट कर्णाली प्रदेशमा प्रवेश गर्नेहरुको संख्या पनि बढ्दो गरेको बताएको छ । जसका अनुसार लकडाउन प्रश्चात भारतबाट धेरै व्यक्तिहरु हाल सम्म ५७ हजार को हाराहारीमा कर्णालीमा प्रवेश गरेका छन् । भने तेस्रो मुलुकबाट आठ सयको हाराहारीमा रहेका छन् । यस्तै अन्य प्रदेशबाट साढे १८ हजार र लकडाउन प्रश्चात भारत तथा अन्य स्थानबाट कर्णालीमा प्रदेशमा आएका व्यक्तीहरुको जम्मा संख्या भनेको ७५ हजार आठ सय भन्दा धेरै रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मन्त्रालयको अबको योजना
सामाजिक विकास मन्त्रालयको कोरोना रोगथामको लागि अबको बाटोको योजनामा कोरोनासँग कडा रुपमा प्रतिस्पर्दामा उत्रिएर लाग्ने रहेको छ । भौतिक पुर्वाधारमा निरन्तरता दिने, कर्मचारीहरुको व्यवस्थापन गर्ने, अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरता र व्यवस्थापनमा जोड दिने, यस सम्बन्धि आवश्यक सामग्रीको व्यवस्थापन गर्ने तथा सुचनाको व्यवस्थापनमा सूचनाहरुलाई समयमै र पुर्णरुपमा अद्यावधिक गरी सम्बन्धित निकायमा प्रतिवेदन प्रदान गर्ने कार्यलाई निरन्तरता दिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्