जुम्ला :
यही भदौ १३ गते जुम्ला र कालिकोटको सिमानामा रहेको नाग्ममा पहिरो गयो । पहिरोमा १० जनाले ज्यान गुमाए पहिरोमा परी १० मध्ये छोइलु दमाइ र तेज बहादुर दमाइ श्रमिान, श्रीमती हुन् । तर उनीहरु दुई जना बच्चा भने बाँचे ।
आयुसकी हजुरआमा
उनीहरु अहिले साहारा विहीन भएका छन् । उनीहरुको अभिभावकत्व ग्रहण गर्ने मात्रै होइन दैनिक के खाने के लाउने अवस्थामा पुगेका छन् ।
त्यही पहिरोमा दमाई दम्पतिका ढेड महिनाका छोरा आयुस बाँचेका थिए । त्यसैगरी तीन वर्षीया छोरा करिस्मा दमाइ र ५ वर्षीया छोरी पूर्णिमा दमाई समेत बाँचेका थिए । अहिले ती तीन नाबालकहरुको साहाराविहीन अवस्थामा छन् ।
उनीहहरु तिलागुफा नगरपालिका १ का हुन् ।
त्यसदिन उनीहरु सामान खरिद् गर्नका लागि गाउँबाट नाग्मा बजार झरेका थिए ।
बाबु आमा दुबै पहिरो परि मृत्यु भएपछि तिन जना बच्चाको पालन पोषणको लागी समस्या भएको छ । डेढ महिने बालकको हेरचाह गरिरहेकी हजुर आमा बिजेसरा दमार्इ आमाको मृत्यु पछि दुध किनेर खुवाइने पैसा नभएको आयुस छटपटाइरहेको बताउँछिन् ।
उनले सामाना किन्न गएका छोरा बुहारीको मृत्युपछि आफूले साहारा गुमाए नाति आहारा गुमाएको बताइन् । कालिकोटबाट आयुसको पालनपोषणको लागि साहारा खोज्दै जुम्ला पुगेकी छिन्, बिजेसरा ।
एक बृद्ध र ढेड महिने बालकको सहयोगको लागि जुम्ली युवा स्वयमसेवक समुहले डेढ महिनाका आयुस बचाउ अभियान सुरु गरेको छ ।
जुम्लाका युवाले डेढ महिनाका बालकलाइ बचाउनका लागि नाग्मा बजारमा रहेको नेपाल इन्भेष्टमेण्ट बैंकमा सम्बन्धित वडाका अध्यक्षको रोहोबरमा १२ हजारको खाता खोलेर आर्थिक संकलन अभियान सुरु गरिएको हो ।
जुम्लाका स्थानीय तहको सहयोग जुम्लीयुवा स्वयमसेवक समुहले सुरु गरेको आयुस बचाउ अभियानमा तिला गाउँपालिकाले ५० हजार र हिमा गाउँपालिकाले ५० हजार सहयोग गरेका छन । त्यस्तै आस्मा खातुनले १५ सय र आर्षिक मनियारले १५ सय सहयोग गरेका छन ।
आयुसका साथमा दिदी र हजुरआमा
त्यस्तै कृष्ण प्रताप महतले एक हजार , केशव खलीले एक हजार , भिमबुढाले एक हजार ,चन्द्र महत २ हजार ५सय, र उदय शाहीले बच्चाका लागि ल्याप्टोजन सहयोग गरेका छन ।
छिरिङ लामा तामाङले डेढ वर्षका बच्चाका लागि चाहिने सम्पुर्ण लत्ताकपडा सहयोग गरेका छन । त्यस्तै चन्द्रलाल सुनारले ३ हजार , हेमन्त महतले एक हजार , गिता शाही महतले एक हजार सहयोग गरेका छन।
जुम्ली युवा स्वयमसेवक समुहका सदस्य धनराज सुनारका अनुसार डेढ महिनाका आयुस दमाइलाई बचाउन यस्तो अभियान सुरु गरिएको हो ।
अभिायन मार्फत अभियानले मृतक दमाइका डेढ महिनाका छोरा आयुस दमाइ , तिन वर्षिया छारी करिस्मा दमाइ र ५ वर्षिया छोरी पुणिमा दमाइको पालन पोषणको लागी केही राहत संकलन गरि सहयोग गर्नेछ ।
तिलागुफा नगरपालिकाको नाग्म बजारमा पहिलो पटक ठुलो पहिरो गएको हो ।
तल तिला नदिले कटान गरिरहेको र माथिल्लो भागमा पहिरोको उच्च जोखिम भएकोले बजार व्यवस्थापनको लागि पहल गर्न स्थानीयले माग गरेका छन् ।












प्रतिक्रिया दिनुहोस्