सल्यान ।
विजय लघु जल विद्युत् परियोजना अवरुद्ध हुँदा सल्यानको एक पालिकाका ३ सय बढी घरपरिवार विद्युतविहीन भएका छन् । जिल्लाको बागचौर नगरपालिका–१२ का ३०० भन्दा बढी घरपरिवार विद्युतविहीन भएका हुन्। भदौ ३ मा आएको बाढीपहिरोले पावर हाउस र विद्युतका पोलहरुमा क्षति पुर्याएपछि सिंगो गाउँ नै अन्धकार बनेको हो।
बाढीपहिरोले पावर हाउस र विद्युतका पोलमा क्षति पुर्याउदा ३५ लाखभन्दा बढीको क्षति भएको जल विद्युत् परियोजनाका अध्यक्ष सुनिलकुमार केसीले बताए । १० किलोवाटको जल विद्युतबाट ३०० भन्दा बढी घरपरिवारले सुविधा लिँदै आइरहेका थिए। स्थानीय स्रोत साधनबाट जल विद्युत सञ्चालन गर्न असम्भव देखिएको उनको भनाइ छ ।
एक करोड लगानीमा २०६४ सालमा निर्माण गरिएको जल विद्युत परियोजनामा २०७५ मा पनि बाढीले क्षति पुर्याएको थियो । बाढीले कुलो भत्काउँदा सेवाग्राहीले श्रमदान गरेर निमार्ण गरेको बताउँदै सचिव गोपाल खत्रीले यो वर्ष भने थोरै लगानीले मर्मत सम्भव नरहेको बताए।









प्रतिक्रिया दिनुहोस्