प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ६ जना डाक्टरमा कोरोना संक्रमण



प्रदेश अस्पताल सुर्खेतमा कार्यरत ६ जना डाक्टरमा कोरोना संक्रमण भएको छ ।एकै पटक ६ जना डाक्टर र एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि आज (बिहीबार) देखि अस्पतालले आकस्मिक बाहेकका अन्य सेवा बन्द गरेको छ ।

सेवाग्राहीलाई कोरोना संक्रमण हुन केही दिनलाई आकस्मिक बाहेकका सबै सेवाहरु बन्द गरिएको अस्पताल निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । प्रदेश अस्पतालमा कार्यरत पाँचजना डाक्टरमा बुधबार र मंगलबार एक जनामा कोरोना पुष्टि भएको थियोे । संक्रमित डाक्टरमध्ये दुईजना कन्सल्ट्यान्ट डाक्टर र चार जना मेडिकल अधिकृत हुन् ।

प्रदेश अस्पताललाई कर्णाली प्रदेश सरकारले कोरोना विशेष अस्पताल बनाएको छ । अस्पतालमा यसअघि पनि तीनजना डाक्टरमा कोरोना देखिएको थियो । उनीहरु संक्रमणमुक्त भएर ड्युटीमा फर्किसकेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ११ गते बिहीबार