कालीकोट ।
कालीकोटको महाबै गाउँपालिका-३ नकुमा पहिरो जाँदा बेपत्ता ६ जनाको शव भेटिएको छ । बिहीबार राति वडा सदस्य राजबहादुर विष्टको घर पहिरोले पुरिँदा विष्टका १३ वर्षका छोरा पुष्प विष्ट, ११ वर्षका प्रविन विष्ट, छोरी १८ वर्षकी सविना विष्ट, १५ वर्षकी आशा विष्ट र डिलबहादुर विष्टका १९ वर्षकी छोरी शान्ति विष्ट र १० वर्षकी रेखा विष्टको ज्यान गएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी एसएसपी राजेन्द्र बाँस्तोलाले जानकारी दिए ।
स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीले पहिरोबाट शव निकालेका हुन् । पहिरोले पूरै गाउँ जोखिममा रहेको स्थानीय खेमबहादुर सिंहले बताए । घरको तल्लो तलामा रहेका बालबालिकालाई पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्