सन्तोष बास्तोला
बाँसगडी युवा सरोकार समितिका महासचिव
यति बेला विश्व नोबेल कोरोना भाइरसको कारणले अत्यन्तै जोखिम पुर्ण तबरबाट गुज्रिरहेको छ । यसको प्रभाव हाम्रो जस्तो बिकासोन्मुख रास्ट्रमा पनि परिरहनु आम नेपाली जनताको लागि चिन्ताको बिषय हो । यो बिस्वब्यापी संकटको धडीमा हाम्रो सरकारले १ हप्ते लकडाउन नीति लिएको र भारतले समेत लकडाउन रणनीति लिइसकेको यो धडिमा हामी डर लिने अनावश्यक मानसिक तनाव लिइ मस्तिष्कलाई डरको धेराबन्दीमा राक्नु तेति आवश्यक नहोला । नेपाल सरकारद्वारा निर्देशित गरिएका अपिल गरिएका लकडाउन सम्बन्धित पक्ष गम्भीरता पुर्बक आफनो दिनचर्यामा लागू गर्न सक्यौ भने आफू पनि सुरक्षीत हुन्छौ । अरुलाइ पनि सुरक्षीत पारी राष्ट्रलाई नै सुरक्षीत पार्न सक्छौ । नेपाल सरकार यो बिषयमा नितान्त रुपमा गम्भीर भएर लागेको स्थिति हामीले प्रत्यक्ष रुपबाट महसुस समेत गरेका छौ । इटालीको जस्तो महामारी हुन नदिन लकडाउन रणनीति अझ लम्बाउनुपर्ने देखिन्छ । परिक्षण केन्द्रमा आवश्यक पर्ने प्रविधी छिटोभन्दा छिटो ल्याइ परिक्षणको धनत्वमा तीव्रता ल्याउनुपर्ने आवश्यकता देखिएको छ । वर्तमान समयसम्म को सेरोफेरो हेर्ने हो भने बाँसगडी नगर सरकारद्वारा पनि यो बिस्वब्यापी सन्कटलाई केन्द्रबिन्दुमा राखी आफ्नो स्थानीय सरकारको तर्फबाट भए गरेका कार्यहरु अति प्रशंसनिय छन ।
१. जिङगलको माद्य्यमबाट जनचेतना प्रवाह गरिनु ।
२. १५ शैया को क्वारेन्टाइनको ब्यवस्थापन गरिनु ।
३. आवश्यक स्वास्थ्य कर्मी खटाइनु
४. भारतबाट आएका नागरिक हरुलाइ सुस्म निगरानीमा राखिनु ।
५. एबम नगर प्रमुख स्वयम् अति चिन्तनशिल भै नगर बासीको नाममा सम्बोधन गर्दै सुरक्षीत रहन आग्रह अपिल गर्नु यी सकारात्मक प्रयास हुन ।
६. इलाका प्रशासन कार्यलय, इलाका प्रहरी कार्यलय बाँसगडी समेत यो बिषयमा अति संबेदनशिल भै कार्यसम्पादन गरिरहनु
यी ज्वलन्त उदाहरण हरु हुन् ।
७. उधोग वाणिज्य संघले बजारको आगमनमा रोक लगाइ जनतालाई संक्रमण हुन नदिन हुलहाल हुन नदिन गरेको प्रयास ।
समस्या
८. बजार बन्दको प्रभावले जनताको दैनिक वातावरणलाई असहज ।
९. अत्यावश्यक सामाग्रीको आपूर्ति गर्न सामाग्री अनुसार निश्चित समय निर्धारण गरि सुरक्षीत वातावरण पुर्बक आपूर्ति ब्यवस्थापन गर्न ।
१०. दैनिकी ज्वाला गरि जिविकोपार्जन गर्ने अर्थात गरिखाने जनता निकै चपेटामा परेका छन् ।
११. यो बर्गको निम्ति तत्काल राहतको प्याकेज धोषणा गर्न ।
१२. वैदेशिक रोजगारको निम्ति भारत जानू भएका आम जनमानस भित्रिरहेको अवस्था छ । यो जटिल गम्भीर स्थितिलाई विश्लेषण गर्दै वडाका सम्पुर्ण सम्यन्त्रहरु परिचालन गरि डाटा संकलन गरि होम क्वारेन्टाइनमा हुन्छ या नगरपालिकाले ब्यवस्थापन गरेको क्वारेन्टाइनमा हुन्छ सो को सुस्म निगरानी सहित उचित ब्यवस्थापन गर्न ।
१३. हालसालै हाम्रो बाँसगडी नगर मा कक्षा ८ को आधारभुत परिक्षा रोकिएकोले थुप्रै परिक्षा दिने विद्यार्थीहरुको मनोबैज्ञानिक रूपमा असर पर्न गएको देखिन्छ ।
१४. यो स्थितिमा रेडियो गुर्बाबाबाट रेडियो कक्षा सन्चालन गर्ने वातावरण सिर्जना गरिओस् । विद्यार्थीबर्गमा पाठ्यक्रमको सवालमा पुन ताजकिकरणमा सहयोग पु¥र्याइयोस् ।
१५. लकडाउनको प्रभावलाई गाउँ टोलसम्म पु¥याउन केन्दित गरियोस् ।
अन्त्यमा आवश्यक परेमा हामी जुनसुकै बेला सहयोग गर्न तत्पर रहेको ब्यहोरा जानकारी गराउँछौ । हालसम्म बाँसगडी नगर सरकारले बिपत ब्यवस्थापन सम्बन्धि गरिरहेका हरेक कार्यसम्पादन हरुलाइ सम्मान व्यक्त गर्दछौं । यसको आलबा पनि केहि समस्या रहेको र बिपत ब्यवस्थापन सम्बन्धि गरिरहेका हरेक कार्यसम्पादनहरुलाइ सम्मान व्यक्त गर्दै माथी उल्लेखित बिषयहरु पुर्ण रूपमा लागु हुने बिषयमा बिश्वास समेत प्रकट गर्न चाहान्छु ।









प्रतिक्रिया दिनुहोस्