१२ औं साधारण सभा तथा अभिभावक दिवस (फोटो फिचर)



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको नोवल अंग्रेजी माध्यमिक विद्यालयले १२ औं साधारण सभा तथा अभिभावक दिवस मनाएको छ । कोहलपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष माधव रिजालले साधारण सभाको उद्घाटन गरेका थिए ।

उनले विकासको मूख्य आधार शिक्षा भएको बताए । ‘नीजि क्षेत्रले नेपालको शिक्षामा महत्वपूर्ण योगदान दिएको छ’ उनले भने, ‘गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गरिरहेको छ ।’

यस्तै विद्यालयका संस्थापक दिपक कुमार मल्लले आधुनिक प्रविधिबाट शिक्षा प्रदान गरिरहेको बताए । ‘बालबालिकाहरुलाई आइसिटी, सान्इस ल्याव, खानेपानी र बालमैत्रीमा शिक्षा प्रदान गरिरहेका छौं’ उनले भने ‘तर अभिभावकले बालबालिकाहरुलाई समय नदिएको कारणले बालबालिका कमजोर हुन्छन् ।’ ‘पहिले ५५ जना विद्यार्थीबाट सुरु गरेका थियौ’ संस्थापक मल्लले भने, ‘तर अहिले ६ सय भन्दा बढि विद्यार्थीलाई अध्यापन गराईरहेका छौं ।’

साधारण सभामा गत वर्षको एसएलसीको नतिजामा उत्कृष्ट प्रसान्त उपाध्याय, शिक्षिका आषा अधिकारी, अनुशासनमा उत्कृष्ट तृष्णा वलीलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । त्यसैगरी सोही अवसरमा समासेवी, बुद्धिजिवी तथा अभिभावकहरुलाई समेत सम्मान गरियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ११ गते आइतबार