नोबेल कलेजद्वारा नव आगन्तुक विद्यार्थीलाई स्वातग



कोहलपुर/  नोबेल टेक्निकल एण्ड मेडिकल साइन्र्स कलेजले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको कलेजले एक कार्यक्रमको आयोजना गरी शैक्षिक शत्र २०७६÷०७७ का विध्यार्थीहरुलाई स्वागत गरेको हो ।

विद्यार्थी स्वागत कार्यक्रममा बोल्दै कलेज संचालक रत्न बहादुर चन्दले नोबेल विद्यार्थीहरुको रोजाईमा पर्न सफल रहेको बताएका छन् । कलेजले प्रविधियुक्त गुणस्तरी शिक्षा प्रदान गर्दै आइरहेकाले प्रदेश ५ संगै कर्णाली र सुदूरपश्चिम प्रदेशका विद्यार्थीहरुले अध्ययन गरिरहेको बताए । विद्यार्थीहरुलाई आत्मनिर्भर बन्ने खालको व्यवसायिक प्रविधियूक्त वैज्ञानिक शिक्षाको बाटोमा अघि बढिरहेको उनको भनाई थियो ।

वि.सं.२०७१ सालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्बन्धन प्राप्त गरेको कलेजले ल्याव असिस्टेन्ट, सिभिल सव ओभरसियर र भेटेरीनरी जेटिए १८ महिने कार्यक्रम सञ्चालन गदै आएको छ । आगामी दिनमा कलेजले नयाँ कार्यक्रमहरु समेत सञ्चालनमा ल्याउने कलेज सञ्चालक चन्दले जानकारी गराए ।

स्वागत कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ५ नं प्रदेश कार्यालय उप प्रमुख अम्बर घर्ती मगर, कोलपुर प्रहरी प्रमुख कुलदिप चन्द, नेकपाका प्रदेश सदस्य, नरेन्द्र न्यौपाने, कलेजसंचालक मान बहादुर मल्ल, नेकपा बाँके जिल्ला कमिटी सदस्य चक्रमिलन चन्द लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ १७ गते शुक्रबार