कोहलपुर महोत्सवमा जन गायक जिवन शर्मा भोली आउने



कोहलपुर ।

कोहलपुरमा जारी महोत्सवको १२औं दिन मंगलबार जनताको ढुढुकीमा बस्न सफल जन गायक जिवन शर्मा, कैयौंहिट लोकदोहोरी ल्याएका गायक चन्द्र शर्मा, लोकदेखि सुगमहुँदै चलचित्रका गीतमा समेत सफलता हासिल गरिसकेकी गायिका बिन्दु परियार टिम कोहलपुर आउने भएका छन ।

महोत्सव आयोजकका अनुसार राष्ट्रिय कलाकारका अलावा अन्य स्थानिय कलाकारले मंगलबारको साँस्कृतीक कार्यक्रममा सहभागीता जनाउने भएका छन ।

‘मेहनत सृजना उत्पादन र वस्तु, मेरै नेपालको’ भन्ने मुल नाराका साथ पौष २४ गतेदेखी महोत्सव सञ्चालन भईरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ ६ गते सोमबार