सुर्खेत ।
कर्णाली प्रदेश सरकारले माघ १ गते ‐बुधबार) कर्णालीमा सार्वजनिक बिदा दिएको छ । माघे संक्रान्तिको अवसरमा प्रदेशले पहिलो पटक सार्वजनिक बिदा दिएको हो । थारु समुदायको मुख्य पर्वको रुपमा रहेको माघी पर्वमा अन्य प्रदेश जस्तै कर्णालीले पनि बिदा दिएको छ ।
तर कर्णालीमा थारु समुदायको बाहुल्यता निकै कम छ । भएपनि सबै समुदायले माघी पर्व धुमधामका साथ मनाउन सार्वजनिक बिदा दिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुल खड्काले कर्णालीका सबै ठाउँमा माघी पर्व मनाउने भएकाले बुधबार सार्वजनिक बिदा दिइएको बताए ।’
प्रदेशमा बसोबास गर्ने बहुसंख्यक हिन्दु समुदाय नै छन्, सबैले माघे संक्रान्ति धुमधामले मनाउँछन, उनले भने, ’स्थानीय संस्कृति संरक्षणका लागि सार्वजनिक बिदा दिएको हो ।’
प्रकाशित मिति : २०७६ पुस २९ गते मंगलबार








प्रतिक्रिया दिनुहोस्