कोहलपुर । बाँकेको कोहलपुर क्षेत्रमा डेन्टल कलेज सञ्चालन गर्ने तयारी थालिएको छ । अहिले त्यसका लागि आवश्यक अनुमती लिने लगायतका कामहरु अगाडि बढाइएको छ । कोहलपुर डेन्टल हस्पिटलले निकट भविष्यमा नै डेन्टल कलेज खोल्ने तयारी थालेको योजना सार्वजनिक गरेको हो । शनिबार हस्पिटलले स्थापनाको १३ औं वार्षिकउत्सवको अवसरमा पत्रकारहरुसँग भेटघाट गर्दै कलेज स्थापनाको योजना सार्वजनिक गरेको थियो ।
हस्पिटलका प्रवन्ध निर्देशक गजेन्द्र बहादुर शाहले २ अर्ब लागतमा डेन्टल कलेज खोल्ने प्रक्रिया अगाडी बढाईएको बताए । ‘कोहलपुर क्षेत्रमा डेन्टल अस्पताल खोल्नको लागि अहिले प्रक्रिया थालेका छौं’ उनले भने, ‘प्रक्रियाहरु पुरा भएलगत्तै कलेज स्थापना हुनेछ ।’ डेन्टल कलेजको अभावमा उच्च शिक्षा हासिल गर्न बाहिरिनुपर्ने विद्यार्थीहरुलाई लक्षित गरी कोहलपुर क्षेत्रमा नै डेन्टल कलेज सञ्चालन गर्न लागिएको बताइएको छ । १३ औं वर्षमा प्रवेश गरेको अवसरमा हस्पिटलले गरिव, विपन्न र विद्यार्थीहरुलाई विशेष छुट दिइरहेको छ ।
कोहलपुर क्षेत्रमा २ वटा शाखा विस्तार गरेर विशेषज्ञ सेवा दिईरहेको हस्पिटलले विभिन्न समयमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आएको छ । हालसम्म निशुल्क शिविरबाट दुई लाख भन्दा बढी प्रत्यक्ष लाभान्वित भएको हस्पिटलका प्रमुख शाहले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्