कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले चालु आर्थिक वर्ष २०७६÷०७७ को पहिलो चौमासिकमा कुल बजेटको १६ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । नगरपालिकाले पहिलो चौमासिकको कात्र्तिक मसान्त सम्म १६ दशमलव २ प्रतिशत बजेट खर्च गरेको हो । पहिलो चौमासिकमा चालु तर्फ कुल विनियोजित २२ करोड २० लाख ८६ हजार ९ सय १४ मध्ये ४ करोड ६७ लाख ८९ हजार ७ सय ३ रुपैयाँ ४० पैसा खर्च भएको छ । चालु तर्फ कुल बजेटको २० दशमलव ८८ प्रतिशत बजेट खर्च छ ।
यस्तै पुजीगत तर्फ कुल विनियोजित ३१ करोड ४५ लाख ८१ हजार ८ सय ८६ मध्ये ३ करोड ९५ लाख २६ हजार ४ सय ५१ रुपैयाँ खर्च भएको छ । पुजीगत तर्फ कुल बजेटको १३ प्रतिशत मात्रै खर्च भएको हो । चौमासिकमा चालु र पुजीगत तर्फ कुल ८ करोड ६३ लाख १६ हजार १ सय ५४ रुपैयाँ ४० पैसा मात्रै खर्च भएको छ । नगरपालिकाको चालु आवको लागि कुल ८० करोड १ लाख १७ हजार ४ सय २२ रुपैयाँ ४० पैसा रहेको छ ।
नगरपालिकालाई संघीय सरकारबाट प्राप्त हुने शसर्त अनुदान तर्फ चालु तर्फको कुल विनियोजित २२ करोड ५९ लाख हजार रुपैयाँ मध्ये चौमासिकमा ४ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । चालु तर्फ कुल बजेटको २० प्रतिशत बजेट खर्च भएको हो । भने पुजीगत तर्फ कुल बजेट ३ करोड ४७ लाख ३० रहेको छ ।
शाखा अन्र्तगत पुजीगत खर्च शुन्य
नगरपालिका अन्र्तगत रहेको पाँच शाखामा पुजीगत खर्च शुन्य जस्तै छ । नगरपालिका अन्तर्गत रहेका स्वास्थ्य, कृषि, पशु, शिक्षा र महिला तथा बालबालिका शाखा अन्तर्गत विनियोजन गरेको बजेटमा शुन्य प्रतिशत खर्च रहेको छ । नगरपालिकाबाट प्रदान गरिएको निशर्त अनुदानमा स्वास्थ्य शाखा तर्फ पुजिगत कुल बजेट ७ लाख ५० हजार, कृषि शाखा तर्फ कुल १३ लाख र पशु शाखा तर्फ कुल ४ लाख रुपैयाँ खर्च नै भएको छैन । शिक्षा र महिला तथा बालबालिका शाखा नगरपालिकाबाट प्रदान गरिने अनुदानमा पुजीगत बजेट छुट्याईएको छैन ।
यस्तै शाखा अन्तर्गत चालु बजेटमा स्वास्थ्य शाखा तर्फ कुल ७० लाख ३१ हजार बजेट मध्ये ११ लाख, ४० हजार ३ सय ३४ रुपैयाँ खर्च भएकोे कोहलपुर नगरपालिकाका लेखा अधिकृत सुदिप सिंह सुनारले बताए । उनका अनुसार कृषि शाखा तर्फ कुल २ करोड ६५ लाख ६७ हजार ४ सय २२ रुपैयाँ मध्ये १८ लाख ८६ हजार १ सय ५० रुपैयाँ खर्च भएको छ । यस्तै महिला तथा बालबालिबका शाखा तर्फ ३० लाख मध्ये १ लाख रुपैयाँ खर्च भएको छ ।
पशु शाखा तर्फ कुल विनियोजन ४८ लाख ८० हजार मध्ये ३ लाख ३० हजार खर्च भएको भएको छ । पहिलो चौमासिकमा नगर सभाबाट पारित बहुसख्यक योजनाहरुको लागत स्टेमेट, डिपिआर, ठेक्का पट्टा प्रक्रिया गर्नुपर्ने भएका कारण खर्च न्युन भएको प्रमुख लुट बहादुर रावतले बताए । उनले पहिलो चौमासिकमा दीर्घकालिन योजनाकाहरुको डिपिआरमा समय व्यवस्थित भएकोले खर्च भएको स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्