कोहलपुर महोत्सवको तयारी तीव्र, अब २४ दिन बाँकी



कोहलपुर ।

बाँकेको कोहलपुरमा हुन गईरहेको तेस्रो प्रादेशिक लघु, घरेलु, कृषि तथा प्रविधि प्रर्दशनी, व्यापार एंव पर्यटन महोत्सव २०७६ को तयारी तीव्र पारिएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ नगर समिति कोहलपुरको आयोजनामा हुन गईरहेको महोत्सवको तयारी तिव्र पारिएको हो ।

अहिले विभिन्न समितिले तयारीका कामहरु तीव्र रुपमा गरिहेका छन् । महोत्सव मुल आयोजक समिति अन्तर्गत गठन गरिएका विभिन्न उप–समितिहरुले तीव्र रुपमा आफ्नो तयारी गरिरहेको महोत्सव सचिवालयले जनाएको छ ।

नगर समितिका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक हेम विक्रम जिसीले ११ वटा उप–समितिहरुले आफ्नो क्षेत्रधिकार अन्तर्गत रहेर काम गरिरहेको बताए । उनका अनुसार पुस २० गते सम्म सम्पुर्ण तयारीका काम पुरा हुने गरी काम भईरहेको छ । यस्तै निर्माण समितिका संयोजक भरत के.सी.ले महोत्सव स्थलमा हुने सम्पुर्ण तयारीका कार्य सुरु भएको जानकारी दिए ।

मुख्य मञ्च निर्माण, स्टल स्थल निर्माण गर्ने लगायतका कामलाई तिव्रता दिईएको उनले बताए । यस्तै महोत्सव तयारी गर्नको लागि सम्पुर्ण प्रशासनिक कार्य सकिएको बताइएको छ । महासंघको नगर समितिले सदस्यता नविकरण तथा नयाँ सदस्यताको लागि सबैलाई आग्रह गरिएको जनाएको छ । आगामी पुस २४ गते देखी माघ ५ गते सम्म कोहलपुरको खुलामञ्चमा महोत्सव आयोजना हुँदैछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ पुस १ गते मंगलबार