27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

जमुनाहाबाट जुम्लाका १९ जना बालकको उद्दार

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर २९, २०७६  

 कोहलपुर । 

भारत लैजादै गरेको अवस्थामा जुम्लाका १९ जना बालककोे उद्दार गरिएको छ । जुम्लाको सिँजा गाउँपालिका ३ नराकोटका १९ जना बालकलाई भारत लैजाँदै गरेको अवस्थामा उद्दार गरिएको छ ।

उनीहरुलाई नराकोट कै २० वर्षका रणबहादुर सार्की र २४ वर्षका विवेक सार्कीले दुईवटा अटो रिक्सामा भारत लैजाँदै गर्दा शनिबार राति जमुनाहा नाकाबाट उद्दार गरिएको सिविन नेपालगन्जका संयोजक सिद्धराज पनेरुले जानकारी दिए । उनका अनुसार उनीहरु भारत तिर जादै थिए ।

उद्दार गरिएका बालकमा ९ वर्षदेखि १७ वर्षका रहेका छन् । सबैभन्दा बढी १६ वर्षका ७ जना छन् । १७ वर्षका ६ जना, १४ वर्षका २ जना र १३, १२, ११ र ९ वर्षका १÷१ जना छन् । एक जना बुढा बाहेक सबै सार्की हुन् । प्रहरीले रोहोवरमा उनीहरुलई जुम्ला पठाईने नेपालगञ्ज प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, मंसिर २९, २०७६     6:13:09 PM  |