कोहलपुर साना किसानको साधारण सभा



कोहलपुर ।

बाँकेको कोहलपुरमा रहेको कोहलपुर साना किसान कृषि सहकारी संस्थाको ९ औं साधारण सभा बिहीबार सम्पन्न भएको छ । कोहलपुर नगरपालिका वडा नं. ११ का अध्यक्ष कर्ण बहादुर थापाले साधारण सभाको उद्घाटन गरेका थिए ।

संस्थाकी अध्यक्ष जानकी पुनले समाजमा रहेको निम्न वर्गका व्यक्तिहरुको आर्थिक, सामाजिक रुपमा विकास र परिवर्तणका लागि सहकारी स्थापना गरेको बताइन् । ‘बार्षिक रुपमा ५० भन्दा बढि शेयर सदस्यहरुलाई पशुपालन तालिम समेत सञ्चालन गरेका छौं’ उनले भनिन्, ‘आत्मनिर्भरताका लागि ५० जना भन्दा बढि शेयर सदस्यहरुलाई सिलाई कटाई तालिम समेत दिएका छौं ।’ कोहलपुर साना किसान कृषि सहकारीका प्रबन्धक बालिका शर्माले गत आ.व. २०७५÷०७६ मा १३ करोड ६० लाख १९ हजार ६ सय ८४ रुपैयाँ कारोबार गरेको बताइन् ।

अन्तर संस्थान भ्रमण, बचत निति, बिमा निति, सुत्केरी पोषण, सामाजिक सामुदायिक कार्यक्रम समेत आ.व २०७६÷०७७ बाट सञ्चालन हुने उनले जानकारी दिइन् । यसैबिच संस्थाको साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

जसको अध्यक्षमा पुनः जानकी पुन र उपाध्यक्षमा विष्णु सिंह ठकुरी लाई साधारण सभाले चयन गरेको छ । यस्तै सदस्यहरुमा पार्वती घर्तिमगर, छिता हमाल, रामजानकी थापा, भूमिका पोख्रेल कार्की, करुणा कुमारी शर्मा, पूर्णकला गिरी, सुनिता थारु, भिमा थापा क्षेत्री र गंगा थापालाई चयन गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर २७ गते शुक्रबार