कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसका प्रध्यापकहरुले दुवै मृगौला पिडित टेकलाल कसीको उपचारको लागि ६१ हजार ९ सय ६० रुपौयाँ आर्थिक सहयोग गरेका छन् ।
प्रध्यापकहरुले आफ्नो २ दिनको तलब मृगौला पिडितलाई आर्थिक सहयोग गरेका हुन् ।
टेकलाल के.सी. बचाउ अभियानका संयोजक सुर्य रोकायाले कोहलपुर नगरपालिका वडा नं. १२ निवासी टेक केसीलाई उपचारको लागि आर्थिक संकलनका लागि विद्यालयतर्फबाट कमिटि बनाएका छौं ।
उनले भने आर्थिक अवस्था न्यून भएका टेकलाल केसीदुबै मृगौलाको प्रत्यारोपन गर्नुपर्ने भएकोले यो अभियान सञ्चालन गरेका छौं ।
बाँके लगायत विभिन्न अन्य जिल्ला तथा विदेशहरुमा पनि आर्थिक सहयोग जुटाउनका लागि परेको उनको भनाई थियो ।
प्रकाशित मिति : २०७६ मंसिर २७ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्