लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान सूरु, स्थानीय तहमा दीप प्रज्वलन



कोहलपुर ।

लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्र्तगत पहिलो दिन बाँकेको कोहलपुर र नेपालगञ्जमा दीप प्रज्वलन गरिएको छ । १६ दिने अभियानको क्रममा सोमबार कोहलपुर नगरपालिकाको चौराहा र नेपालगञ्ज उपमहानगरपालिकाको धम्बोजी चोकमा दीप प्रज्वलन गरिएको हो । ‘समानताको पुस्ता, बलात्कार बिरुद्धको एक्यबद्धता’ भन्ने मुल नाराका साथ सोमबारबाट १६ दिने अभियान सुरु भएको थियो । अभियानको क्रममा जिल्लामा महिला हिंसा, महिला अधिकार, बलात्कारका, बाल अधिकारका बारेमा विभिन्न कार्यक्रम गरिने भएको छ ।

कोहलपुर नगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाको आयोजनामा अभिमुखीकरण, महिला हिंसा, यौन व्यवहार विरुद्ध अन्र्तक्रिया गरिने महिला तथा बालबालिका शाखाकी सहायक महिला विकास निरिक्षक कोकिला शाहीले जानकारी  दिईन् । यस्तै महिलामा आबद्ध महिलाहरुका लागि छलफल, सेतो रिबन वितरण कार्यक्रम, सडक नाटक प्रदर्शन, विद्यालय स्तरीय कार्यक्रम र अभियानको अन्तिम दिन ¥याली गरिने कार्यक्रम रहेको छ । कोहलपुर नगर बाल सञ्जालले समेत बाल अधिकारका बारेमा जनचेनतामुलक कार्यक्रम रहेको छ । सञ्जालका अध्यक्ष रमेश वरको अनुसार नगरपालिकाका विभिन्न बस्ति र विद्यालयहरुमा कार्यक्रम गरिनेछ ।

यसैगरी अभियानको क्रममा नेपालगञ्ज उपमहानगरपालिकामा समेत १६ दिने अभियानको क्रममा विभिन्न कार्यक्रम गरिने महिला तथा बालबालिका कार्यालयका प्रमुख शोभा शाहले जानकारी दिईन् । अभियानको क्रममा सरकारी कार्यालय, स्थानीय तह र संघ सस्थाहरुको सहयोगमा सन्देशमुलक कार्यक्रम आयोजना हुने उनको भनाई छ । लागू औषध नियन्त्रण शाखा नेपालगञ्जका प्रमुख प्रहरी निरीक्षक वीर ब. थापाले यूवाहरुलाई लागु औषध नियन्त्रण र न्युनिकरणका विषयमा सडक नाटक, अन्र्तक्रिया, छलफल कार्यक्रम गरिने बताए । यसैबिच बाँकेको खजुरा गाउँपालिकामा पनि लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ ।

गाउँपालिका र हरेक वडामा समानताको पुस्ताः बलात्कार बिरुद्ध ऐक्यबद्धता भन्ने राष्ट्रिय मूल नारा लेखेको व्यानर र ब्याच सार्वजनिक गर्दै कार्यक्रमको शुरुवात गरिएको हो । अभियान कै अवसरमा सोमबारै बेलुका खजुरा गाउँपालिकामा रहेका ८ वटै वडाका सार्वजनिक चौकहरुमा दीप प्रज्वलन गरिने खजुरा गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले जानकारी दिईन् ।

लैंगिक हिंसा बिरुद्ध १६ दिने अभियानलाई सफल बनाउन खजुराबासीलाई आव्हान गरिएको सहायक महिला विकास निरीक्षक न्यौपानेले लैगिक हिंसा सामाजिक र कानूनी अपराध भएको बताईन् । उनका अनुसार शारिरीक, मानसिक वा मनोवैज्ञानिक, भौतिक र सामाजिक रुपमा कानून विपरीत कार्य कसैले पनि गरेमा दण्ड सजायको भागेदार बन्नु पर्ने सन्देशलाई पनि चौक तथा सार्वजनिक ठाउँहरुमा प्रवाह गरिनेछ । उनले सभ्य र समतामुलक समाज निर्माणका लागि लंैगिक हिंसा नगरौं र हिंसा हुनबाट रोकौं भन्ने कुराको बोध गराउन १६ दिने अभियानमा विभिन्न कार्यक्रम गरिने जनाईन् ।

किशोर संजालले हरेक वडाका एक सामुदायिक विद्यालयमा बालविवाहविरुद्ध सडक नाटक प्रदर्शन गर्ने, वडाहरुमा लैंगिक हिंसाविरद्धका सूचनाहरु प्रवाह गर्दै नागरिकलाई सचेत पारिने तथा सम्बद्ध संस्थाहरुको सहकार्यमा अन्य कार्यक्रमहरु पनि सार्वजनिक गरिने उनले बताईन् ।

  • No tags available
प्रकाशित मिति : २०७६ मंसिर १० गते मंगलबार