18 July 2024  |   शुक्रबार, साउन ४, २०८१

‘खेल क्षेत्रको विकासका लागि एकता आवश्यक’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ५, २०७६  

श्यामलाल पोखरेल, बुटवल, कार्तिक

छरिएरका करांते खेल र खेलाडीलाई एकिकृत गर्नुपर्ने सरोकारवालाले जोड दिएका छन् । खेल र खेलाडीले देशको गरिमालाई बढाउने भएकाले खेलको बिकासका लागि पनि खेल र खेलाडीलाई एकिकृत गर्नुको बिकल्प नरहेको यहाँका सरोकारवालाले जोड दिएका हुन् । यस्तै नयाँ सोच र जाँगरका साथका बुटवलका खेलप्रेमीहरु एकजुट भएका छन् । नेपाल रेन्बुकाई करांते डो संघ रुपन्देहीको नयाँ कार्यसमिति घोषणाका लागि आयोजना गरिएको घोषणा सभामा बोल्ने खेल पे्रमीहरुले खेलको बिकासले देशको बिकासमा टेवा पुग्ने उनीहरुको भनाई छ ।

खेलको माध्यामबाट देशलाई अन्तर्राष्ट्रिय तहमा चिनाउन सक्ने भएकाले लेख क्षेत्रको बिकास र खेलाडीलाई टिकाउन खेलमा लगानी बढाउन सरकारसंग माग गरिएको छ । कार्यक्रममा बोल्दै प्रदेश पाँचका सांसद दधिराम न्यौपानले खेल राष्ट्रिय पहचान भएको बताए । उनले खेलले देशलाई मर्यादित र अनुसासति बनाउने भएकाले खेल क्षेत्रको बिकासमा प्रदेश सरकारले आवश्यक सहयोग पुराउने बताए ।

उनले खेल राष्ट्रिय एकता र अखण्डता भएको उल्लेख गर्दै खेलाडीहरुको संरक्षणका लागि आफ्नो ठाउंबाट पहल गर्ने प्रतिबद्वता जनाए । नेपाल रेन्बुकाई करांते डो संघ केन्द्रिय अध्यक्ष रेशमलाल लामाले करांते खेललाई नेपालमा पर्यटकको रुपमा बिकास गर्न सकिने बताए । नेपालमा कुनैपनि खेलाडीहरुको कमी नभएको उल्लेख गर्दै खेल क्षेत्रमा लागेका खेलाडीहरुलाई कसरी टिकाई राख्ने भन्ने बिषय जटिल बन्दै गएको उनको भनाई छ । नेपाल रेन्बुकाई करांते डो संघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष पे्रमबहादुर घर्तीले रुपन्देहीका करांते खेलाडीहरु बिदेमा गएर अन्तर्राष्ट्रिय करांते प्रतियोगिताबाट गोलमेडल जित्न सफल भएको जानकारी गराउंदै रुपन्देहीमा थुप्रै खेलाडी उत्पादन भएको बताए ।

अध्यक्षमा पे्रम घर्ती रुपन्देहीमा पछिल्लो समय करांते खेलले अग्रता लिएपछि पे्रमबहादुर घर्तीको अध्यक्षतामा नेपाल रेन्बुकाई करांते डो संघ रुपन्देही गठन गरिएको छ । समितिको उपाध्यक्षमा सवास परियार, महिला उपाध्यक्ष मनु श्रेष्ठ, सचिव युबराज पराजुली, सहसचिव बिनायक घिमिरे, कोषाध्यक्ष हरिचन्द्र चौधरी रहेका छन् । त्यस्तै सदस्यहरुमा अब्दुल हक, पदमा राना, झोला क्षेत्री, थानेश्वर तिबारी लगायत रहेका छन् । त्यस्तै कानुनी सल्लाहाकारसहित १४ सदस्यीय सल्लाहाकार समितिसमेग गठन गरिएको छ । रुपन्देही अध्यक्ष पे्रमबहादुर घर्तीको अध्यक्षतमा भएको कार्यक्रममा रुपन्देहीबाट मेलेसिया गएर कराते प्रतियेगिता जितेर गोलमेडल ल्याउने खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ५, २०७६     10:29:39 AM  |