छिन्चुमा सिटी बसपार्क निर्माण गरिदै



चेत नारायण पाण्डेय  कात्तिक ४, सुर्खेत

सुर्खेत्को भेरीगंगा नगरपालिकाले छिन्चुमा सिटी बसपार्क निर्माण गने भएको छ । साढे २३ करोड लागतमा प्रदेश सरकारको सहयोगमा भेरीगंगामा सिटी बसपार्क निर्माण हुने भएको हो । यस अघि भेरी गंगा नगरपालिकाको कार्यपालिकाको बैठकबाट सिटी बसपार्क निर्माणको निर्णय गरी प्रदेश सरकारलाई प्रस्ताव पेश गरेको थियो । नगरपालिकाको प्रस्ताव अनुसार सिटी बसपार्क निर्माणको लागि प्रदेश सरकारले समेत अनुमति दिईसकेको छ ।

छिन्चु कर्णाली प्रदेशको दोस्रो सिटी बसपार्क हो । यसअघि करिब आठ वर्षअघिदेखि निर्माण थालिएको सिटी बसपार्क सुर्खेतको वीरेन्द्रनगरमा निर्माण भएको छ । तर यो बसपार्क अहिले सम्म सञ्चालनमा भनेसकेको छैन । बसपार्क निर्माणका लागि सहरी विकास मन्त्रालयबाट ३ करोड रुपैयाँ परेको भेरीगंगा नगरपालिकाका कार्यवाहक मेयर तथा उपमेयर रेणु आथार्य ढकालले जानकारी दिइन्। उनका अनुसार २.१५ हेक्टर जग्गामा बसपार्क बन्नेछ । भेरीगंगा–१२ छिन्चुदेखि जाजरकोटतर्फ छुट्टिने बाटोनजिक बन्ने बसपार्कको लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र डिपिआर गर्ने कार्य सकिएको ढकालले जानकारी दिइन् ।

उक्त सिटी बसपार्क कर्णाली प्रदेशका सबै जिल्लामा चल्ने यातायातका साधनहरूले प्रयोग गर्न सक्ने कार्यवाहक मेयर तथा उपमेयर ढकालको भनाई छ । बसपार्कमा अटो रिक्सा, हाइस, कार, बस जस्ता सवारी साधनको लागि छुट्टाछुट्टै पार्किङको व्यवस्था गरिनेछ । उक्त बसपार्क निर्माणपछि राति बाँस बस्नुपरेमा २५ वटा गाडी एकसाथ पार्किङ गर्न सकिनेछ । भने दिनमा यातायातका साधन आवतजावत गर्ने क्रममा डेढ सयदेखि दुई सय सवारी साधनले बसपार्क उपयोग गर्न सक्ने ढकालले जानकारी दिइन् । उक्त वनको वनस्पति मासेर बसपार्क बनाउनुपर्ने भएकाले बसपार्क निर्माणपछि आवश्यक वृक्षरोपण गरिनेछ ।

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक ५ गते मंगलबार