तीन प्रदेशको ट्रान्जिट प्वाईन्ट कोहलपुर । विस्तारै सहरीकरणको क्रममा छ । बढ्दो सहरीकरण संगै यहाँ बसोबास गर्नेको संख्या झन् बढ्दो
छ । वर्षेनी हजारौको संख्यामा बसाईसराई गरी आउनेको पनि लर्को रहेको छ । मुख्यत ः कर्णाली र सुदूर पश्चिमका नागरिक यहाँका बसारई सराई, व्यापारी समेत आउने गर्दछन् । पर्यटनको प्रचुर सम्भावना बोकेको यो क्षेत्र आर्थिक क्षेत्रको रुपमा विकसित गर्न सकिने थुप्रै सम्भावना रहेका छन् । पर्यटन, व्यापार व्यवासाय र यहाँको कला संस्कृति प्रचार प्रसार बाट आन्तरिक पर्यटक बढाउन सके पनि यहाँको आर्थिक क्षेत्र विकासका सम्भावना रहेको छ । वर्षको एक पटक आउने महत्वपुर्ण चाडपर्वमा देशभरका आन्तरिक पर्यटकका गन्तव्य बन्यो कोहलपुर ।
मेची देखि महाकाली सम्मका आन्तरिक पर्यटक यो अवधिमा एकरात भएपनि कोहलपुर बसे । उनीहरुको दसैँ गन्तव्य हो कर्णाली । प्राकृतिक सौन्दर्यका हिसाबले निकै अनुपम क्षेत्र हो , कर्णाली । कर्णालीका रारा, से फोक्सुण्डो आदी देश कै प्रमुख पर्यटकीय गन्तव्य मध्ये पर्छन् । कर्णाली घुम्नको लागि उनीहरु कोहलपुर हुदै जाने गर्दछन् । पछिल्लो समय कोहलपुरमा होटल व्यवसाय समेत फस्टाउदो छ । सामान्य देखी पाँचतारे होटल सम्म यहाँका खुलेका छन् । यसले गर्दा यस क्षेत्रमा रोजगारीका साथै आर्थिक गतिविधि समेत निकै बढेको छ । स्थानीय क्षेत्रमा रहेका सम्भावनाको खोजी गर्नु पहिलो दायित्व राज्यको हो । अहिले स्थानीय सरकार नै छ । सिंह दरबारको अधिकार गाउँ गाउँमा आयो भनिन्छ ।
समृद्ध नगरको नारा लिएको नगरपालिकाले आर्थिक विकासमा समेत ध्यान दिनु पर्ने विज्ञको सुझाव रहेको छ । आर्थिक क्षेत्र विकासको लागि स्थानीय सरकारको जिम्मेवारी नै पहिलो देखिन्छ । यहाँका सम्भावना युक्त क्षेत्रको पहिचान गरि त्यसको सही रुपमा परिचालन समेत गरिनु पर्ने आवश्यकता छ । रोजगारीको अवस्था समेत सिर्जना गर्न सकियो भने आर्थिक गतिविधि बढ्छन् । त्यसैले आर्थिक क्षेत्र विकासको लागि दीर्घकालिन योजनाका साथ अघि बढौँ आर्थिक समृद्धिका लागि ।
प्रतिक्रिया दिनुहोस्