मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १५, २०७६
दाङ ।
जिल्ला प्रहरी कार्यालय दाङले अवैध चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका घोराही रोडबाट सोमबार बेलुका रुकुमपूर्व पुथा उत्तरगंगा गाउँपालिकाका भिमप्रसाद बिकलाई चितुवाको छालासहित पक्राउ गरेको हो ।
चितुवाको छाला लिई हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको बिशेष टोलीले उनलाई पक्राउ गरेको थियो । दाङका प्रहरी नायब उपरीक्षक बिनोदबिक्रम शाहका अनुसार पक्राउ परेका बिकको झोला खालतलासी गर्दा झोला भित्र प्लाष्टिकको बोरामा लुकाई राखेको टाउँकोदेखि पुच्छर सम्मकोसात फिट ६ ईञ्चको चितुवाको छाला फेला परेको हो ।
विकलाई प्रारम्भीक अनुसन्धान पश्चात राष्ट्रिय निकुञ्ज तथा वन्य जन्तु संरक्षण ऐन २०२९ अन्तरगत थप कानुनी कार्वाहीका लागी जिल्ला डिभिजन कार्यालय दाङमा बुझाइएको उनले जानकारी दिए ।