शुभाकर विश्वकर्मा । कोहलपुर ।
बाँके कोहलपुर क्षेत्रमा सञ्चालनमा रहेका सहकारीहरुका अगुवाहरुले कोहलपुर नगरपालिका सहकारी मैत्री नभएको बताएका छन् । चार दर्जन बढि संख्यामा रहेका सहकारी प्रति स्थानीय सरकार सहकारी संस्था मैत्री नभएको उनीहरुको बताएका छन् ।
कोहलपुर क्षेत्रको आर्थिक समृद्धिमा महत्वपुर्ण भूमिका खेलेका सहकारीलाई कोहलपुरमा उपेक्षामा राखेको उनीहरुको भनाई रहेको छ । अहिले कोहलपुरमा ८० वटा सहकारी संचालनमा रहेका छन् । बहुउद्देश्सीय, बचत तथा ऋण र कृषि सहकारी गरी चार दर्जन बढि सहकारी रहेका सहकारी संजाल कोहलपुरले जनाएको छ । संजालका अध्यक्ष डोलराज अर्यालका अनुसार स्थानीय सरकारले सहकारीको महत्व नै बुझेको छैन ।
‘स्थानीय तहले सहकारी कूनैपनि किसिमको सहयोग र समन्वय गरेको छैन’ अध्यक्ष अर्यालले भने, ‘कोहलपुर नगरपालिका सहकायरी मैत्री भएन ।’ कोहलपुरमा नगरपालिका सहकारी हेर्ने विज्ञ सहितको शाखा आवश्यक रहेकोमा उनले जोड दिए । यस्तै कार्यक्रममा सहकारीकर्मीहरुले सबै आ– आफ्नै ढंगले चल्दा अस्वस्थ प्रतिस्पर्धा भई रहेको बताएका छन् ।
सहकारी क्षेत्रमा राजनितिकरण, परिवारवाद र समन्वय अभाव लगायतका समस्या समधानको लागि अग्रसर हुनु पर्ने उनीहरुको भनाई छ । कोहलपुर क्षेत्रमा रहेका सहकारीहको संजाल भएपनि एकता हुन नसकेको भन्दै कार्यगत एकतामा जोड दिईएको हो । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख नगरपालिकाले सहकारी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रावतले कोहलपुरको विकासको लागि सहकारी क्षेत्रको भूमिका महत्वपुर्ण रहेको बताए । सयौको संख्यामा रहेका सहकारीका समस्या समाधानको लागि सबै पक्ष मिलेर अघि बढ्नुको विकल्प नरहेकोमा रावतले जोड दिएका हुन् ।
दशै, तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान गर्दै अन्र्तक्रिया गरिएको हो । कार्यक्रमा विभिन्नमा सहकारीमा आवद्ध सहकारीका पदाधिकारी,सदस्य, बचतकर्ता तथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।