29 March 2024  |   शुक्रबार, चैत्र १६, २०८०

कोहलपुरमा एलआईसीको ६१ औँ शाखा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज १०, २०७६  

कोहलपुर ।

बाँकेको कोहलपुरमा लाईफ ईन्सोरेन्स कर्पोरेसन (नेपाल)को शाखा उद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच नेपालको ६१ औँ शाखाको रुपमा उद्घाटन गरिएको हो । गत वर्ष २०७५ मसिंरबाट शाखा संचालनमा ल्याएको थियो ।

करिब १ वर्ष पछि औपचारिक रुपमा उद्घाटन गरिएको हो । नेपालको सर्वाधिक ब्याजदर भएको र्ईन्सोरेन्स कर्पोरेसन लिमिटेडको रुपमा रहेको (एलआईसी) का ७ लाख विमक रहेको जनाईएको छ । कोहलपुरमा १ वर्षको अवधिमा ३ सय जनाको बिमा गरिएको कोहलपुर शाखाले जनाएको छ ।

शाखा प्रबन्धक पंकज चौधरीका अनुसार जनतालाई मुख्य प्राथमिकतामा राखेर काम भईरहेको छ । उनले आगामी दिनमा विभिन्न सामाजिक कार्यका साथै सस्थागत कार्यलाई अघि बढाइने बताए । उद्घाटन समारोहमा बोल्दै प्रमुख कार्यकारी सिईओ एल. वि. दासले जीवन बिमा अहिलेको अपरिहार्य भएको बताए । उनका अनुसार (एलआईसी) नेपालमा सबै भन्दा बढि जीवन बिमा कारोबार गरिहेको छ ।

नेपालमा स्थापना भएको १८ वर्ष मै जनताको मन जित्न सफल भएको भन्दै सबैलाई अनिवार्य जीवन बिमा गर्न आग्रह गरेका छन् । क्षेत्रीय निर्देशक पदम रानाले जीवन बिमा बारे धेरै जनतालाई जनचेनता फैलाउन आवश्यक रहेको बताएका छन् । उद्घाटनको दिनमा मात्र २ करोडको बिमा कारोबार भएको शाखा प्रमुख चौधरीले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, अशोज १०, २०७६     8:25:56 AM  |